नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङद्वारा विभिन्न उपसमिति गठन

 न्यूज विराट
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङद्वारा विभिन्न उपसमिति गठन

विराटनगर, २२ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विभिन्न उपसमिाति गठन गरेको छ । बिहिबार विराटनगरमा सम्पन्न महासंघ र महिला उद्यम समितिको संयुक्त विस्तारित बैठकले महासंघका गतिविधिहरु व्यवस्थित ढंगले अघि बढाउन विभिन्न उपसमिति गठन गरेको हो ।

कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी प्रदान गरि महासंघको गतिविधि चुस्त दुरुस्त बनाउन विभिन्न सातवटा उपसमिति गठन गरिएको अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

अध्यक्ष निरौलाका अनुसार महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष गोपाल काफ्लेको संयोजकत्वमा स्थानीय निकाय समन्वय उपसमिति, महासचिव एकराज ढकालको अध्यक्षतामा सदस्यता समन्वय उपसमिति गठन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष दामोदर पोखरेलको संयोजकत्वमा हेल्प डेस्क समन्वय उपसमिति, किशोर विश्वकर्माको संयोजकत्वमा मिडिया समन्वय उपसमिति, जयकमल अग्रवालको संयोजकत्वमा राजश्व, भन्सार, विद्युत समन्वय उपसमिति गठन गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।

त्यस्तै विजय रायको संयोजकत्वमा बैंक तथा वीमा समन्वय उपसमिति र महासंघका पूर्वअध्यक्ष नरेन्द्र हुमागाईको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरिएको उनले बताए ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, केन्द्रीय महिला उद्यम मितिका अध्यक्ष अञ्जु उपाध्याय, महासंघका वरिष्ठ सल्लाहकार एवम अर्थविद डा अर्जुन बराल, निवर्तमान अध्यक्ष नरेन्द्र हुमागाईँ लगायतले जिम्मेवारी बाँडफाँडले महासंघको गतिविधि शशक्त ढंगबाघ अघि बढ्ने बताए । उनीहरुले विभिन्न उपसमितिमा जिम्मेवारी प्राप्त गर्ने सवैलाई शुभकामनासमेत व्यक्त गरे ।

विस्तारित बैठकमा कोषाध्यक्ष दामोदर पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷०७८ आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको थियो ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनू : सर्वोच्च

काठमाडाैं, १४ वैशाख-आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई थुनामा राख्नुको कारण पेस गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। सर्वाेच्चले शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि भनेको छ। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट...

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...

कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

काठमाडौं, १९ कात्तिक-कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी...

प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि गण्डकी प्रदेशको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ ।निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको...

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले...

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्