बिचौलियालाई राज्यको सम्पत्ति सुम्पने निर्णय खारेज हुनुपर्छः इन्द्र आङ्बो

 न्यूज विराट
बिचौलियालाई राज्यको सम्पत्ति सुम्पने निर्णय खारेज हुनुपर्छः इन्द्र आङ्बो

विराटनगर, २१ साउन । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले ओली सरकारले विचौलियालाई राज्यको सम्पत्ती सुम्पने गरी गरेको निर्णय खारेज गर्न माग गरेका छन् ।

बिहीबारको प्रदेशसभामा विशेष समय लिएर बोल्दै आङ्बोले ओली सरकारले असार २४ गतेको मन्त्रीपरिषद् बैठकबाट झापाको गिरिबन्धु टि स्टेटको करिब ३ सय ४१ विगाहा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएकाले उक्त निर्णय खारेजको माग गरेका हुन् ।

केही दलाल र विचौलियालाई राज्यको सम्पत्ती सुम्पने काम ओली सरकारले गरेको उनले आरोप लगाए । भूमि सम्बन्धी ऐन २०२१ मा हदबन्दीभन्दा माथि भएका जग्गा कम्पनीले चलाउन नसके राज्यलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको दाबी गर्दै उनले जग्गा सट्टा गर्ने नाममा नीतिगत भ्रष्टाचार गरी भू माफिया र दलाललाई पोस्ने काम ओली सरकारले गरेको आरोप लगाए ।

नेपालमा १ सय ६९ वटा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेको तथ्यांक प्रस्तुत गर्दै आङ्बोले ९४ वटा कम्पनीले भूमि व्यवस्था मन्त्रालयमा जग्गा सट्टाको निवेदन दिएको जानकारी दिए ।

उनले राजा ज्ञानेन्द्रको पालामा पनि भू माफियाले यस्तो चलखेल गरेको तर, ज्ञानेन्द्रले निर्णय गर्ने हिम्मत नगरेको भन्दै आङ्बोले भू माफियाको फन्दामा परेर ओली सरकारले अरबौं भ्रष्टाचार गरेको दाबी गरे ।

संविधानले भूमि सम्बन्धी निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई पनि रहेको बताउँदै राज्यको सम्पत्ती बेचेर खान खोज्नु राष्ट्रघात भएकाले यस्तो गम्भीर विषयमा प्रदेश सरकार मौन रहनुले आशंका उब्जाएको बताए ।

सम्बन्धित समाचार

एभरेष्ट स्कुलमा वार्षिक स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो । २१ गतेदेखि गर्ने...

मोरङमा तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी विश्व खड्का हेडक्वार्टर तानिए, यी नाकाबाट हुन्छ तस्करी

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट तस्करीको लाइन चलाएको आरोपमा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् ।मोरङमा तीन दर्जन वटा सीमा नाका रहेको मध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १६–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गरेर जिवनयापन गर्ने विपन्न सुकुम्बासी परिवारलाई तीनै तहका सरकारबीचको समन्वयमा खाद्यान्न उपलब्ध गराउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको...

विराटनगरमा प्रदेशसभाको आफ्नै भवन निर्माण कार्य सुरु

विराटनगर, १ असोज–प्रदेशसभा गठन भएको झण्डै अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बिहीबार साविकको जिल्ला समन्वय समिति परिसरमै प्रदेशसभाको नयाँ भवनको शिलान्यास गरिएसँगै प्रदेशसभाको भवन निर्माण कार्य सुरु...

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उपाध्याय

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय(अन्जु) निर्वाचित भएकी छिन् । महासंघको विराटनगरमा आइतबार भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोक...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेर अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्