आजको मौसम : देशभर बदली हुने, केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

 न्यूज विराट
आजको मौसम : देशभर बदली हुने, केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ ।

आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

अहिले देशका अधिकांश भू-भागमा बादल लागेको छ भने बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

बिहीबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित समाचार

काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्याल दोब्बर मतले अग्रता

विराटनगर । मोरङ क्षेत्र नं ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् । ९ हजार ५ सय...

विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...

प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...

आठौं विराट गोल्डकप : उपाधि जित्नेमा घरेलु टोली सांग्रीला र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर | आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र...

मापसे चेक गर्दा गाँजा बरामद, लखेटेर विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिहीबार राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्