माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

 न्यूज विराट
माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली काठमाडौं जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो ।

प्रदर्शनमा उत्रिएका यातायात व्यवसायीले सरकारले बेवास्ता गर्दा यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको गुनासो गरेका छन् । लकडाउन र निषेधाज्ञाका कारण ४ लाख यातायात व्यवसायी, यसमा आश्रित ९ लाख स्वरोजगार व्यवसायी र श्रमिक प्रभावित भएको आन्दोलनरत महासंघ पदाधिकारी बताउँछन् ।

लामो समय ग्यारेजमा थन्काएका गाडीको मर्मतमा समेत सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनीहरूको माग छ । नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष पूर्णलाल मोक्तान तामाङले विभाग, मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गुनासो गर्दा पनि सम्बोधन नगरिएकाले आन्दोलनमा उत्रिएको बताए  । सरकारले कोरोनाबाट प्रभावित व्यवसायीहरूलाई राहत दिनुपर्ने आन्दोलनकारीको माग छ ।

सम्बन्धित समाचार

लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...

जनकपुर–पोखरा हवाई उडान सुरु हुँदै, टिकट बुकिङ खुला

जनकपुर, ५ फागुन ।जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन १७ गते महाशिवरात्रिका दिनदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एयर...

ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

काठमाडौं, १३ मंसिर-नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य विष्णु पौडेलले अध्यक्ष केपी शर्मा  ओलीबाट सचिवालय बैठकमा पेस हुने प्रतिवेदन समस्या बल्झाउने किसिमको नहुने बताएका छन् । उनले पार्टीको अभिभावकको हैसियतमा अध्यक्ष ओलीले सम्हालिएको प्रतिवदेन...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

मोर्डन एरा लिटिल च्याम्स भव्य, मानुश्री आचार्य भइन् मिस मोर्डन एरा

विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।विद्यालयमा अध्ययनरत ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्