अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

 न्यूज विराट
अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र पठाएका हुन् ।

महाधिवेशन आइसक्दा पनि जिल्लामा नआएका तर यहाँ गरिएको निर्णय नमानी हिँड्ने सांसद सिंहकाे शैलीले आफूहरू आजित भएको उनीहरूले पत्रमा लेखेका छन् । सिंहको पार्टीविरोधी गतिविधिले जिल्लामा चिन्ताजनक स्थिति उत्पन्न गराएको उनीहरूकाे भनाइ छ ।

पटकपटक संसदीय कोषमा आउने पैसा दुरुपयोग गरेको र आपतकालीन स्थितिमा पनि जिल्ला नआएको भन्दै उनीहरूले आक्रोश पाेखेका छन् ।

सिंहले अधिनायकवादी शैली देखाएकाे आराेप पत्रमा लगाइएकाे छ । त्यसैले विधानबमोजिम कारबाही गर्न उनीहरूले माग गरेका छन् । अन्यथा आफूहरू नै राजीनामा दिन बाध्य हुने चेतावनी १२ नेताले दिएका छन् ।

‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न अमरेशकुमार सिंहलाई कारबाही नभए हामी नै राजीनामा दिन बाध्य हुने जानकारी गराउँछौँ’, उनीहरूले देउवालाई पठाएको पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजमा भर्ना भएका व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी सबैको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिन अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विराटनगरमा विहिबार एक भव्य कार्यक्रम आयोजना...

एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् । बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए । उनले कार्यसूचीमा एमसीसी उल्लेख...

शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ भदौ-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...

सचिवालय भाँडिएपछि नेकपा स्थायी समिति अनिश्चित

काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ । बैठक वीचमै छाडेर अध्यक्ष...

मन्त्री घिमिरेको स्वास्थ्य सुधार

विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित...

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्