लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

 न्यूज विराट
लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।

लामो समय घरभित्रै थुनिनुपरेकामा मानिसहरुले भने लकडाउनप्रति असन्तुष्टि जनाउन थालेका छन् । अष्ट्रेलियाका दुई ठूला सहर न्यू साउथ वेल्सको राजधानी सिड्नी र भिक्टोरियाको राजधानी मेलवर्नमा लकडाउन कहिले हट्छ भन्ने निश्चित छैन । बेलायत र अमेरिकामा पछिल्लो समय लकडाउन हटाइएकाले अष्ट्रेलियाको संघीय सरकारमाथि पनि दबाब छ ।

अहिलेसम्म अष्ट्रेलियामा १४ प्रशितभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन् । यो दर विश्वका शक्तिशाली विभिन्न ३८ मुलुकको संगठन ओईसीडीमा आवद्ध देशबीच तुलना गर्दा सबैभन्दा कम हो ।

मुलुकमा कोरोना खोप लगाउने गति निकै सुस्त भएको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भइरहेको छ । विपक्षी लेबर पार्टीका जिम काल्मर्स भन्छन्, ‘यी प्रधानमन्त्री जनता कष्टमा परिरहेको बेला हराउँछन् ।’

यद्यपि मोरिसनले भने यस विषयलाई सामान्य रुपमा लिएका छन् । ‘कुनै पनि मुलुकले महामारी नियन्त्रणको लागि शतप्रतिशत काम गर्न सकेका छैनन् । मलाई अष्ट्रेलियाका नागरिकले यो कुरा बुझ्नेछन्’, बुधबार स्थानीय सञ्चारमाध्यममा उनले भनेका छन् ।

मोरिसनले अष्टेलियाले कोरोना भाइरसको संक्रमण निकै कममा राख्न सफल भएको दावी गरेका छन् । अहिलेसम्म अष्ट्रेलियामा कोरोना संक्रमणको कारण ९१५ जनाको मृत्यु भएको छ । जबकी बेलायतमा मंगलबार एकैदिन ९० जनाको मृत्यु भएको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि सीमा नाका बन्द गर्ने, क्वारेन्टिनको नियम ल्याउने र लकडाउन गर्नेजस्ता उपाय अपनाएको भन्दै प्रधानमन्त्री मोरिसनको प्रशंसा हुँदै आएको थियो । तर पछिल्लो महिनामा देखिएको कोरोनाको डेल्टा भेरियन्टले भने अष्ट्रेलियाले अपनाएको रोकथाका उपायलाई चुनौती दिएको छ ।

डेल्टा भेरियन्टको संक्रमण फेला परेपछि अष्ट्रेलियाको ठूलो सहर सिड्नीमा मात्रै १५ सयभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । बुधबारमात्र ११० नयाँ संक्रमित थपिएका छन् । जबकी सिड्नीमा अहिले चौथो साताको लकडाउन चलिरहेको छ ।

अहिले मानिसहरुलाई खाद्य सामग्री किन्न र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर जाने अनुमति छैन । संक्रमण बढिरहेकाले आगामी सेप्टेम्बरसम्म पनि यो लकडाउन लम्बिनसक्ने आशंका छ ।

साउथ अष्ट्रेलिया राज्यमा पनि मंगलबारदेखि एक साताको लागि लकडाउन गरिएको छ । भिक्टोरियामा पनि कम्तीमा आगामी मंगलबारसम्म लकडाउन जारी रहनेछ ।

गत महिना अष्ट्रेलियाका सात सहरमा लकडाउन गरिएको थियो । अष्ट्रेलियाका अधिकारीहरुले अधिकांश मानिसले कोरोना खोप नपाउँदासम्म स्थानीय संक्रमण नियन्त्रणको कामलाई निरन्तरता दिने बताएका छन् ।

अष्ट्रेलियामा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप पर्याप्त छ । तर यो खोप लगाउँदा रगत जम्ने समस्याको जोखिम बढी हुने भन्ने हल्लाका कारण मानिसहरु डराइरहेका छन् । अष्ट्रेलियामा अनुमति पाएको फाइजरको खोप भने उसले सीमित मात्रामा पाइरहेको छ ।

बीबीसीबाट

सम्बन्धित समाचार

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

नाबुन विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा बसन्ती गुरूङ

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

विराटनगरमा ब्यूटि पार्लर तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सुरू भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सुरू भएको हो । ब्यूटिपार्लर तालिमको...

यो वर्ष एसईई नहुने, विद्यालयको मूल्यांकलनलाई मान्यता

काठमाडौं, २८ जेठ-यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष कोरोना भाइरसका कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्यांकलनलाई आधार मान्ने निर्णय गरेको हो । अब विद्यार्थीलाई...

विराटनगरको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रद्वारा एक वर्षमा २६ हजार पिन्ट रगत संकलन

विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट...

विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्