इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

 न्यूज विराट
इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् ।

इटहरी–८ स्थित पुष्पलाल चौक घर भएका भण्डारीले शुक्रबार राति साढे आठ बजे आइसोलेसन सेन्टरमै स्यानिटाइजर पिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिए ।

सेनिटाइजर पिएर बिरामी भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा रातिनै साढे ९ बजेतिर मृत्यु भएको हो ।

मृतक भण्डारी मदिराको कुलतमा फसेकाले परिवारजनले उनलाई आइसोलेसन सेन्टरमा काम गर्न लगाएको प्रहरीले जनाएको छ । मृतक भण्डारीले सेवन गरेको स्यानिटाइजरको ब्राण्ड पहिचान हुन नसकेको र अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

धार्मिक सहिष्णुता कायम गरौं : सांसद भिम पराजुली

विराटनगर । कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले धर्म निरीपेक्ष रहेको मुलुकमा धार्मिक सहिष्णुता कायम गरेर अगाडी बढनुपर्ने बताएका छन् । धरानमा गोरुको मासु खाएको दृश्यात्मक सामग्रीका विषयमा सद्भाव बिथोल्ने किसिमका हर्कतहरू भइरहेका बेलामा प्रदेश...

लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त

बुटवल, ३० जेठ-प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ । नेपाल सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई...

मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो । लक डाउनका कारण दैनिक ज्यालादारी...

सरकारले भन्यो : अत्यावश्यकबाहेक घरबाहिर ननिस्कनू

काठमाडौं, चैत ५–सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको हो । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा...

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

काेराेनाबाट जाेगिन यस्ता छन् प्रधानमन्त्रीका ८ सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्नका लागि आमसर्वसाधारणलाई विभिन्न विधि अपनाउनका लागि आग्रह गरेका छन् । कतिपय व्यवहारहरू परिवर्तन गर्नुपर्ने अवस्था आउँदा पनि सम्भावित जोखिमबाट बच्नका लागि ती उपायहरू अवलम्बन गर्न आग्रह गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्