रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री उपहार

 न्यूज विराट
रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री उपहार

काठमाडौँ, असार ३० । पश्चिम रुकुमको सोती घटना भएको एक वर्ष मात्रै वितेको उक्त घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोल्नुभएको थियो । रुकुमको सोतीमा दलितका कारण घटना भएको होइन । उनीहरुलाई कसैले मारेको होइन । गाउँलेले लकडाउनमा लखेट्दा भेरीमा हाम फाल्दा डुबेर मरेका हुन् ।

यो रेकर्ड संघीय संसदमा अहिले पनि सुरक्षित छ । सामाजिक सञ्जाल युट्युब, फेसबुकमा त झन् भाइरल नै छ । रुकुम सोतीमा अन्तरजातीय विवाह गर्न खोजेका जाजरकोटका दलित युवा नवराज विक लगायत ६ जना युवाको सोतीका वडाध्यक्ष डम्बर मल्ल लगायतका गाउँलेले लखेटेर खुकुरी, हँसियाले हानेर विभत्स हत्या गरेका थिए ।

घटनाका विषयमा गठित विभिन्न छानबिन समितिले घटनाको वास्तविकता बाहिर ल्याइसकेका छन् । युवाहरुको हत्या गरेको स्वीकार गरेका वडाध्यक्ष मल्ल लगायतका अभियुक्त जेलमा छन् । तर अदालतले पीडितलाई न्याय दिने गरी मुद्दाको फैसला गरेको छैन । यसमा पनि जनार्दन शर्माहरुकै हात रहेको पिडीतहरुको दावी छ । तर तिनै रुकुम चौरजहारी हत्याकाण्डका संरक्षक मानिएका (संसदमै हत्याराको बचाउ गरेकाले) जनार्दन शर्मालाई देउवा नेतृत्व सरकारले मन्त्री पद उपहार दिएको छ ।

उहाँ मंगलबार गठित कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बन्नुभएको हो । उहाले मंगलबार नै अर्थमन्त्रीको पद तथा गोपनियताको शपथ समेत लिनुभएको छ । उहाँका भाई गोपाल शर्मा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री हुनुहुन्छ। जसले नयाँ आर्थिक वर्षको बजेट ल्याएपनि एमालेको अवरोधका कारण पारित हुन सकेको छैन ।

जनार्दन शर्मा क्षमताको हिसाबले जबर्जस्त राजनीति गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ केही सकारात्मक आँटिलो स्वभाव भएका उहाँ रुकुम हत्याकाण्डको सर्वोच्चको संरक्षकका रुपमा परिचित हुनुभएको हो । उहाँकै निर्वाचन क्षेत्रका वडाध्यक्षले घटना घटाएपछि त्यसलाई मत्थर पार्न, मुद्दा कमजोर बनाउन, पीडितलाई आश्वासन दिलाउन र पीडकलाई उन्मुक्ति दिन सबै प्रपञ्चमा लागेको आरोप छ । रुकुमबासी भन्छन् – पीडितको पीडामा सरकारकै नुनचुक लगायो । वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीले माइतीघरमा भएको एक विरोध कार्यक्रममा रुकुम हत्याकाण्ड भएपछि वडाध्यक्ष मल्ल, चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, प्रदेश सांसद गोपाल शर्मा (अहिले कर्णाली प्रदेशका अर्थमन्त्री) मिलेर मुशिकोटमा जनार्दनकै निर्देशनमा घटना मिलाउन गोप्य छलफल र योजना बुनेको आरोप लगाउनुभएको थियो । त्यसपछि महिनौँ काठमाडौँको माइतीघर, जाजरकोटको खलंगमा प्रदर्शन भएको थियो ।

जनार्दनकै संरक्षणका कारण पीडितले न्याय नपाएको भन्दै आन्दोलन उरालिएको थियो । त्यतिबेला नेपाली कांग्रेस चर्को विरोधमा थियो । संसदमा पनि नेपाली कांग्रेसका नेताहरुले जनार्दनको चर्को विरोध गरेका थिए । उहाँको हदैसम्म आलोचना भएको थियो । धेरैले जनार्दनविरुद्ध नाराबाजी गरेका थिए । तर अहिले त्यही कांग्रेसको नेतृत्वमा बनेको सरकारमा जनार्दन अर्थमन्त्री बनायो । यसले पीडितको घाउमा नुनचुक छर्ने काम भएको छ । जनार्दनलाई मन्त्री बनाउँदा नेपालमा दलित समूदायमाथि हत्याको श्रृंखला चलाउने प्रवृत्तिलाई प्रश्रय हुने दलित अभियान्ता तथा लेखक डीबी नेपालीले बताउनुभयो ।

जनार्दनलाई सकेसम्म मन्त्री बनाउन हुन्थेन उहाँले भन्नुभयो । तर मन्त्री बनाइएपछि पीडितलाई झन् पीडा दिने काम भएको छ । यो भनेको दलितमाथि हत्याको श्रृंखला चलाउन पाइन्छ भन्ने जस्तो पो देखियो । घटना घटेको वर्षदिन पुग्दा पनि अहिलेसम्म पीडितले न्याय पाएका छैनन् । घाइतेको राम्रोसँग उपचार हुन सकेको छैन । घटना धेरैले बिर्सेकै छैनन् । तर जनार्दन शर्मा मन्त्री बन्नुभयो । यसले राजनीतिमा नैतिकताको खडेरी परेको छ । यतिसम्म की जसले जसको हत्या गरेपनि अब त्यो व्यक्ति नै शक्तिशाली मान्ने प्रवृत्ति हावी भएको छ । यस्तो बेलामा यो घटनाको संरक्षण गर्ने, पीडितलाई पीडा दिने, पीडकलाई उन्मुक्ति दिने नेतालाई खुलेआम मन्त्री बनाउँदा दण्डहीनता खुलेआम बढेको मानवअधिकारीकर्मीहरुले दावी गर्छन ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा थाइराइड सम्बन्धी सचेतना, तीन जना सम्मानित

विराटनगर । विराटनगरस्तित रोटरी भवनमा थाइराइड सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा डा. ममता वर्माको उपस्थितीमा थाइराइड सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो । सो अबसरमा डा. बर्माले...

यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय

विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

विराटनगर, ७ चैत । परोपकार अभियान समूह विराटनगरले तीन जनालाई सम्मान गरेको छ । परोपकार अभियान समूहको १४ औं बार्षिक साधारणसभाका अवसरमा शनिबार विराटनगरमा तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा उपभोक्ताको हक हितमा...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ । काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका...

विराटनगरमा ६ वर्षीय नाबालिगमाथि बलत्कार गरेको आरोपमा ३८ वर्षीय पुरूष पक्राउ

विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्