विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद, यस्ताे छ दुवैले निकालेकाे संयुक्त विज्ञप्ति

 न्यूज विराट
विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद, यस्ताे छ दुवैले निकालेकाे संयुक्त विज्ञप्ति

एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुईबीच २८ डिसेम्बर २००५ मा विवाह भएको थियो । सम्बन्ध विच्छेदबारे आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेका छन् ।

यस्ताे छ उनीहरूकाे वक्तव्य-

‘१५ वर्ष सँगै बिताउने क्रममा हामीले हाँसीखुसी हरेक पल जिएका छौँ । हामी विश्वास, सम्मान र प्रेमका साथ अघि बढ्यौँ । अब हामी आफ्नो जिन्दगीको नयाँ अध्याय सुरु गर्नेछौँ, जुन पति–पत्नीका रूपमा हुने छैन । बरु को–प्यारेन्ट र एक–आपसका लागि परिवारको रूपमा हुनेछ । हामीले केही समयअघि नै सम्बन्ध विच्छेदको योजना बनाएका थियौँ । र, अब हामी यो अलग–अलग–अलग रहने व्यवस्थामा सहज छौँ । हामी छोरा आजादका लागि को–प्यारेन्सट्स बनिरहने छौँ । र, उसको हेरचाह साथै गर्नेछौँ ।

हामी फिल्म र आफ्नो पानी फाउन्डेसनसँगै ती सबै प्रोजेक्ट्सका साथै सबै काममा सँगै रहने छौँ, जसमा हाम्रो चासो हुने छ । हाम्रा साथी, परिवारलाई धन्यवाद, जसले हामीलाई यस क्रममा लगातार साथ दिनुभयो । उहाँहरूको समर्थनबिना हामी यो फैसला लिन सक्दैन थियौँ । हामी आफ्ना शुभचिन्तकबाट आशा गर्छौं, उहाँहरूले हामीबीचको डिभर्सलाई अन्त्यका रूपमा नभएर नयाँ यात्राको सुरुवातकारूपमा हेर्नुहुने छ ।

सम्बन्धित समाचार

बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३...

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम...

मोरङ कारागारमा कैदीबन्दीबिच झडप

विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

मोरङ व्यापार संघ एक्स्पोमा उपभोक्ताको भिड

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ मा उपभोक्तामा भिड लागेको छ । एक्स्पोमा नवौँ दिन शनिबार उपभोक्ताको भिड लागेको हो । १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भीड...

अक्सिजन ल्याउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्