प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, ते¥हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह तखुलेका ३, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४, मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलको १–१, ते¥हथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलको १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ । सक्रिय संक्रमित ७ हजार १६१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

पछिल्लो २४ घण्टामा प्रदेशमा १ थपिए ३४३ संक्रमित

विराटनगर, २१ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर...

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

पशुपति ज्वेलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम, १३ तोला सुन पनि बरामद

विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले...

विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने

विराटनगर/ विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा कार्कीले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा...

पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्