माइती नेपालद्वारा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान

 न्यूज विराट
माइती नेपालद्वारा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान

विराटनगर,२८ जेठ । अग्रपङतीमा रही सर्वसाधारण नागरिकहरुलाई कोरोना सङक्रमणको जोखिम न्यूनिकरण सचेतना अभियानमा सक्रिय भूमिका खेल्ने सञ्चारकर्मीहरुलाई आज यहाँ स्वास्थ्य सामग्री प्रदान गरिएको छ। माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङका पत्रकारहरुलाई कोरोना जोखिमबाट सुरक्षा प्रदानका लागि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनाललाई सञ्चारकर्मीहरुलाई वितरणका लागि उक्त्त सामग्री प्रदान गर्नु भयो । सो अवसरमा संयोजक पोखरेलले समाजमा अग्रपङतीमा रही कोरोना नियन्त्रणमा , रोकथाम लगायतका कार्य गर्ने पत्रकारहरुको समेत जोखिम कम गर्न केही सहयोग गर्न पाउँदा खुशी लगेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिद्धता व्यक्त्त गर्नु भयो ।

महासङ्घका अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामाग्रीले सञ्चारकर्मीको केही जोखिम कम गर्न सहयोग पुगेको बताउँदै मोरङमा २१ जना पत्रकार सङक्रमित भएकोका मध्ये अहिले तीन जना होम आइशोलेसन र एक जना अस्पतालमा उपचार भैरहेको रहेको जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचार

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

विराटनगर । देशभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा निकालेर चर्चामा रहेको विराटनगरको पोखरिया माध्यमिक विद्यालयले प्लस टुतर्फ राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेका परीक्षामा पनि उत्कृष्ट नजिता हाँसिल गरेको भन्दै सम्मानित भएको छ । मंगलबार काठमाडौंमा आयोजित...

भगवती विद्या मन्दिर स्कुलले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक...

मौद्रिक नीति प्रति विराटनगरका उद्योगी सकारात्मक

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौं, ९ जेठ-नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित गरिएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै सार्वजनिक नयाँ नक्सालाई आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । गत सोमबार मन्त्रिपरिषद्ले पारित...

पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, २७ माघ । पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति जुटेपछि स्थगित...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्