प्रदेश १ मा एकैदिन १४६५ जनाले जिते कोरोना, ५०७ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा एकैदिन  १४६५ जनाले जिते कोरोना, ५०७ संक्रमित थपिए

विराटनगर, २६ जेठ । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, तेह्रथुममा ४, भोजपुर र उदयपुरमा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८२० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ६५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

नेकपा स्थायी कमिटी : एमसीसीसहित ४ विषयमा हुँदैछ छलफल

काठमाडाैं, १० असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित ४ वटा एजेन्डामा छलफल हुने भएको छ । कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रण, उपचारसहित, नेपालको सीमा समस्या र...

स्वास्थ्यमन्त्रीको निर्देशन : ‘कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस्’

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रिफर हुने सिस्टको अन्त्य हुनुपर्ने बताएका छन् । कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको...

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

काठमाण्डौं । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु...

विराटनगरको नोबेल मेडिकल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति

काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा,  ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन्...

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्