
भव्य भयो मोर्डन एराको अभिभावक दिवस
विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...
विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच सरकारले प्रि–बजेट छलफलको समयावधि छोट्याउने अध्यादेश जारी गर्दै २० जेठमा बजेट अधिवेशन आह्वान गरेको थियो ।
सरकारले प्रि–बजेटमाथिको छलफल छोट्याउने अध्यादेश ल्याएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरू मात्र होइन, पार्टीभित्रकै माधव नेपाल समूहसमेत रुष्ट छ ।
तर, एमालेको विवाद समाधानका लागि केन्द्रमा छलफल र वार्ता चलिरहेकाले नेपाल समूहले तत्काललाई सरकारलाई नै साथ दिने संकेत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले भने सरकारका गलत क्रियाकलापको सदनबाटै कडा प्रतिवाद गर्ने बताउँदै आएका छन् ।
केन्द्रमा विपक्षी गठबन्धनलाई साथ दिएको नेपाल समूहले प्रदेश १ मा विपक्षी दलहरूलाई साथ नदिएको अवस्थामा सरकारको नीति कार्यक्रम तथा बजेट बहुमतले पास हुनेछ ।
एमाले विवाद कायम रहेकाले नेपाल समूहका सांसदहरूले सरकारका प्रस्तावमा असहयोग गर्ने विपक्षी दलहरूको अनुमान थियो । तर, एमालेको केन्द्रमा विवाद समाधानका लागि प्रयास भइरहेकाले हाललाई माधव नेपाल समूहले सरकारलाई नै साथ दिने भएपछि बजेट असफल बनाउने विपक्षीको चाहनामा धक्का लाग्ने भएको हो ।
नेपाल समूहका प्रभावशाली नेतासमेत रहेका एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले हाललाई आफ्नो समूहको साथ सरकारलाई नै रहने बताएका छन् ।
प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले) एक्लैको एकल बहुमत रहेकाले एमाले एकजुट हुँदा सरकारको बजेट बहुमतले पास हुन्छ । त्यसैले एकल बहुमतका कारण सरकारले विपक्षी दलहरूलाई पेलेरै जाने सम्भावना देखिएको छ । विपक्षी सबै दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् र सदनमा सरकारको कडा प्रतिवाद गर्ने बताएका छन् ।
विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...
विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् । सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको...
काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय...
विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको...
यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...
विराटनगर । कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि विराटनगरमा सुरु गर्ने प्रदेश लगानी सम्मेलन सफल बनाउन लागि पर्न नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाटा) कोशी प्रदेशले व्यवसायीहरुलाई आग्रह गरेको छ । नाटा कोशी प्रदेशका अध्यक्ष...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सक्रियतामा सिटी रिक्सामा छोडिएको साढे तीन लाखको सुनको गरगहना फेला परेको छ ।विराटनगर–१ पोखरीया बस्ने गणेश श्रेष्ठको आइतबार साढे ३ लाख रुपैयाँ बराबरको सिटी रिक्सामा हराएको सुनको गहना...
उदयपुर, २० वैशाख-प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।पीपीई, सर्जिलक र एन ९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामाग्री लिएर काठमाडौंबाट उदयपुर आएका डा. खड्काले शुक्रबार...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.