सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

 न्यूज विराट
सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए । त्यस्तै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरेका थिए । अदालतले अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश दिएको छ । सर्वोच्चमा आज देउवा पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै परेका चारवटा रिटमाथि सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार नियमित एकल इजलासमा प्रतिनिधिसभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको छ । जसअनुसार शुक्रबार संवैधानिक इजलास बस्दैछ । देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुनेछ ।

सम्बन्धित समाचार

व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो । वडा कार्यालय ४ मा आज आयोजित...

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...

अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया...

अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...

विराटनगरका रोहित चौधरीको हत्या आरोपी सार्वजानिक

विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र...

संसद सुचारु गर्न माग गर्दै नेकपा सांसदको ज्ञापनपत्र

जनकपुर, फागुन ६–लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्