अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

 न्यूज विराट
अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ ।

अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

सबै नेपाली नागरिकले कोरोनाविरुद्धको खोप लगाउन नपाएको र उनीहरुसँग त्यस्तो खोपकार्ड नभएका हुँदा सेवाबाट बञ्चित हुनुपरेको रिटमा जिकिर छ ।

सरकारले स्वास्थय सुरक्षा मापदण्ड आदेश जारी गर्दै खोपकार्ड अनिवार्य गर्दा नागरिकको मौलिक हककोसमेत उल्लंघन भएको तर्क गर्दै रिट दायर गरिएको छ ।

सम्बन्धित समाचार

इटहरीमा ज्वाइँले यसरी गरे जेठानको हत्या, २४ घण्टा बित्न नपाउँदै हत्या आरोपी सार्वजानिक

विराटनगर । घरायसी विवादको कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या आरोपमा भुजेलले इटहरी...

नेपालमा कोरोना परीक्षणको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २९ चैत=कोरोना भाइरस संक्रमणको आशंकामा गरिएको नमुना परीक्षणको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ हजार ४ सय २६ जनाको कोभिड-१९ सम्बन्धी नमुना परीक्षण गरिएको छ । मन्त्रलायलको...

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा

बुटवल, १० जेठ-भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको...

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

शेरबहादुर फर्किए प्रचण्ड–माधव समूहमा

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्