स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

 न्यूज विराट
स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए ।

‘गतवर्ष कोभिड नियन्त्रणमा आएको ठानेर लापरबाही गर्दा अहिलेको स्थिति आयो’ उनले सिंहदरबारमा बुधवार संचारकर्मीहरुसँग भने, ‘कोभिड संक्रमण समुदायमा फैलिइसकेको छ । जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाएर नियन्त्रण गर्नुपर्ने हुनसक्छ । सरकारले त्यसका लागि आवश्यक तयारी गरेको छ ।’

पहिलो लहरको तुलनामा नयाँ भेरियन्टको दोस्रो लहर धेरै घातक देखिएको छ । बैशाखका दुई साता देशभरका अस्पताल भरिभराऊ हुनेगरी संक्रमित बढे । त्यतिबेला स्वास्थ्यविद् र स्वयं स्वास्थ्य मन्त्रालयले समेत स्वास्थ्य संकटकाल लगाउन आग्रह गरेका थिए । मन्त्रिपरिषद्ले तत्काल स्वास्थ्य संकटकाल लगाउनु नपर्नेभन्दै ती प्रस्तावहरु पन्छाएको थियो ।

तर, प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद विघटन गरेपछि सरकारबिरुद्ध विपक्षी गठबन्धन आन्दोलनको तयारीमा छ । यस्तो बेला सरकारले स्वास्थ्य संकटकालको तयारी गर्नुलाई राजनीतिक दबाब थेग्ने रणनीतिका रुपमा आलोचना गर्न थालिएको छ । उपप्रधानमन्त्री पोखरेलले भने ती आशंकाको खण्डन गर्दै भने, ‘अहिल्यै स्वास्थ्य संकटकाल लगाई हाल्ने भनिएको हैन । जुनसुकै बेला आवश्यक पर्नसक्छ, सरकार तयारी अवस्थामा छ भनिएको हो ।’

स्वास्थ्य संकटकालको सम्भावना औल्याउँदै उनले समुदायस्तरमा संक्रमण फैलिएकाले व्यापक परिक्षण गरेपछि धेरै कुरा थाह हुने बताए । ‘अहिले धेरै परिक्षण भएकै छैन । परिक्षणमा धेरै संक्रमित देखिए भने त्यो (संकटकाल) को स्थिति आउनसक्छ । तेस्रो लहर झन् धेरै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन्’ उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले चुनावअघि नै सबै नागरिकलाई खोप लगाउने गरी सरकारले आफ्नो सम्पूर्ण ध्यान कोभिड–१९ विरुद्धको अभियानमा केन्द्रित गर्ने बताएका छन्।

कोभिड संक्रमितको उपचार र खोप व्यवस्थापनमा सरकारको अर्जुनदृष्टि रहेको उनले बताए । ‘सरकारको एक मात्र ध्यान भ्याक्सिन ल्याउनुमा छ । जतिसक्दो छिटो जनतालाई खोप लगाउनमा अर्जुनदृष्टि लगाएर काम गरिरहेको छ’ उप प्रधानमन्त्री पोखरेलले सञ्चारकर्मीहरुसँग भने, ‘चुनावअघि नै सबै नागरिकलाई खोप लगाउनेगरी तयारी गरिरहेका छौ ।’

सरकारले शनिबार ल्याउने आर्थिक बर्ष २०७८/०७९ को बजेट पनि कोभिड १९ को नियन्त्रण, खोप व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन पूर्वाधार निर्माणमा केन्द्रीत रहने उनले जनाएका छन् ।

खोप सहायता तथा खरिदका लागि छिमेकी मुलुकहरु भारत, चीनसहित अमेरिका, बेलायत र युरोपेली मुलुकहरुसँग बिभिन्न तहमा संवाद भइरहेको उनले बताए । त्यसबाहेक चुनावअघिसम्म खोप लगाइसक्ने बताए पनि त्यसको ठोस आधार भने उनले बताउन सकेनन् । खोप ल्याएर लगाउन निजी क्षेत्रलाईसमेत स्वीकृति दिइएको छ । सरकारले हालसम्म महामारीको अग्रपंक्तिमा रहेका उच्च जोखिमका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, शिक्षक र जेष्ठ नागरिकलाई समूहगत रुपमा कोभिड खोप लगाएको छ।

सम्बन्धित समाचार

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

कान्तिपुर कलेजमा विद्यार्थीको भिड, भर्ना भएका विद्यार्थीलाई गराइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक,...

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

लागुऔषधसहित १ जना पक्राउ

विराटनगर, फागुन १२–उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट गाईघाटतर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय मोहम्मद काबिरको...

४ सय ७० लिटर घरेलु मदिरा नष्ट

विराटनगर । विराटनगर १८ डंग्राटोल स्थित प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले ४ सय ७० लिटर घरेलु मदिरा बरामद गरि सोमबार नष्ट गरेको हो । विराटनगर १८...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ६ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

मधेस प्रदेशमा ससर्त अनुदानको १ अर्ब २५ करोड रकम आफूखुसी वितरण

जनकपुर — मधेस प्रदेश अर्थमन्त्रालयले स्थानीय तहलाई वितरण गरिने ससर्त अनुदानको १ अर्ब २५ करोड रुपैयाँ आफूखुसी वितरण गरेको पाइएको छ । सबै पालिकालाई बराबरी ससर्त अनुदानको रकम वितरण गर्ने कार्यविधिलाई अवज्ञा गर्दै अर्थमन्त्री संजय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्