प्रदेश १ सरकारले कोरोना खोपको दुरुपयोग गर्याेः कांग्रेस

 न्यूज विराट
प्रदेश १ सरकारले कोरोना खोपको दुरुपयोग गर्याेः कांग्रेस

विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको दुरुपयोग भइरहेको आरोप लगाएका हुन् ।

आइतबार विज्ञप्ती जारी गर्दै कार्कीले खोप अभियानलाई प्राथमिकता दिनुको साटो भनसुनका आधारमा पहुँचभएकाहरूलाई मात्रै लगाएर अनाधिकृत रूपमा खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना निकटका मानिसहरूलाई मात्रै खोप लगाउने काम भइरहेको विज्ञप्तीमा आरोप लगाइएको छ ।

मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख निवास, मन्त्रालय र मन्त्री निवासहरूमा आफ्ना पार्टीका नेता–कार्यकर्तालगायत आफ्ना नातागोतालाई खोप लगाउने गरिएको कार्कीको आरोप छ ।

आम नागरिकले दोस्रो डोजको खोप लगाउने बेला सकिन लाग्दासमेत खोप पाउन नपाउनु र प्रदेशमा भण्डारण गरी राखिएको खोप अनाधिकृत रूपमा दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो केही दिनयता प्रदेशका प्रमुख अस्पताल र ल्याबहरूमा पीसिआर परीक्षण बन्द भएको तथा स्थानीय तहबाट संकलित स्वाब नमूना पनि ल्याबहरूले परीक्षण गर्न छाडेको बताउँदै प्रदेश सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिहेको विज्ञप्तिमा भनिएको छ ।

कार्कीले परीक्षणलाई तीव्रता दिनुपर्ने बेलामा प्रदेश सरकारले किटको व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारी अस्पताल बन्द गरेर निजी अस्पतालमा बिरामी पठाउनुमा सरकारकै मानिसहरू कमिसनको खेलमा रहेको आशंका समेत गरेका छन् ।

सरकारले स्थापना गरेको ८० बेडको कोभिड–१९ उपचार केन्द्र मर्मतका नाममा सञ्चालनमा नआउनुले पनि प्रश्न खडा गरेको कार्कीको भनाई छ ।

पीसिआर परीक्षणलाई समुदायस्तरमा लगेर कन्ट्याक्ट ट्रेसिङका आधारमा अनिवार्य परीक्षण बढाउन आग्रह गर्दै कार्कीले सर्वसाधारणलाई खोप उपलब्ध गराउन र विपन्नलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचार

एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

सहयोगापेक्षीहरुको उद्धार गरि प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

विराटनगर, ४ पुस-प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, ३२ साउन–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब...

ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ कात्तिक-लामो विवाद र रस्साकस्सीपछि शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ पेज लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा पार्टीभित्रका अन्तरविरोध र विवाद समाधानबारे उल्लेख गरिएको बताइएको...

कोरोना खोपको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिने घोषणा

एजेन्सी, १९ मंसिर-बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत...

तुलसी सहकारी घोटला प्रकरण : अध्यक्ष शर्मालाई विराटनगर ल्याएर फेरी लगियो कैलाली

विराटनगर । बचतकर्ताहरुको करडौं रुपैयाँ घोटला प्रकरणमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएर फेरी कैलाली लगेको छ ।जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवदी रहेका शर्मालाई बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्