कोरोना संक्रमणका कारण युवा नेता नवराज शंकरको निधन

 न्यूज विराट
कोरोना संक्रमणका कारण युवा नेता नवराज शंकरको निधन

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको निधन भएको छ । नेकपा एमाले इलामका कार्यालय सचिव र एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य रहेका ३६ वर्षीय शंकरको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार विहान निधन भएको हो ।

एक साताअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर, स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका शंकरको उपचारकै क्रममा मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ ।

युवा नेता शंकर राजनीतिसँगै सामाजिक अभियान र र दलित आन्दोलनमा समेत सकृय थिए । शंकर उत्पीडित अधिकार मञ्च इलामका अध्यक्ष समेत थिए । उनले दलित अधिकारका सवालमा पैरवी समेत गर्दै आएका थिए । उनका श्रीमती र १५ महिनाकी एक छोरी छन् ।

सम्बन्धित समाचार

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण, सचिवमा अनिल श्रेष्ठ

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविन कुमार कर्ण चयन भएका छन् । प्रेस सेन्टर नेपाल मोरङको विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष...

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस-२०७७ का अवसरमा...

विदेशबाट उद्धार गरेका कामदारको खर्च रोजगारदाता, म्यानपावर र श्रमिकले ब्यहोर्नुपर्ने

काठमाडौं, १९ जेठ-सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ । वैदेशिक रोजगारीमा कार्यरत कामदारको...

विराट व्यापार संघद्वारा बर्जुका आगलागी पिडीतलाई राहत वितरण

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जुका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सुनसरी बर्जु–४ स्थित मुस्लिम टोलमा २ दिन अघि भएको आगलागी पीडितलाई राहत वितरण गरेको हो ।  आगलागीबाट बिस्थापित १६ घर परिवारलाई...

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

पाकिस्तानको कराँची जेलमा ३ सय कैदी सङ्क्रमित

पाकिस्तान १० जेठ-पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ सयभन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरू जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको...

मोरङको क्षेत्र नं. ४ बाट मन्टु शेखको पहिलो नम्बरमा राखेर नाम सिफारिस

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...

कांग्रेस सभापति लिम्बुको पहलमा विद्यार्थीलाई प्राविधिक तालिम

विराटनगर, फागुन २२–मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्