गृहमन्त्रीमा बादल पुन: नियुक्त

 न्यूज विराट
गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए ।

पदमुक्त भएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार गृहमन्त्री बादललाई शीतलनिवासमा साँझ ५ बजे शपथग्रहण गराउने तय भएको छ ।  सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । थापा त्यही संवैधानिक व्यवस्थाअनुसार फेरि गृहमन्त्री बनेका हुन् ।

सम्बन्धित समाचार

ओलीले लिए प्रधानमन्त्रीको सपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश...

ताप्लेजुङको सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए । 'अचानक आइतबारदेखि...

मोरङमा ४०७ सहित प्रदेश १ मा ८६५ संक्रमित थपिए, ५२९ डिस्चार्ज

विराटनगर, १३ जेठ । प्रदेश १ म आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा...

पहुँच हुने र मन्त्रीका जिल्लामा मात्रै बजेट बाँडियो : सांसद दुर्गा पौडेल

काठमाडौं, २४ जेठ-सांसद दुर्गा पौडेलले देशको विकासको लागि सन्तुलिन र विकेन्द्रीत बजेट आउन नसकेको बताएकी छन् । विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले सरकारमा पहुँच हुने र मन्त्रीको आफ्नो जिल्लामा मात्रै बजेट लगिएको आरोप लगाइन् ।...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

विराटनगरबाट भन्सार छली गरेको आशङ्कामा २१ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा

विराटनगर ।  विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको करिब २१ लाखको सामान बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले मङ्गलवार दिउँसो विराटनगरको रोड शेष चौकबाट गिजर र खाद्य पूरक सामाग्री बोकेको...

नेपाल बैंक लिमिटेडद्वारा ब्याजमा छुट

काठमाडौं, ८ जेठ-नेपाल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैंकले दिएको जानकारीअनुसार २०७६ चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म कायम भएको ब्याजदरमा २ प्रतिशत बिन्दुले छुट...

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता कमजोर : माधव नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्