पहुँच हुने र मन्त्रीका जिल्लामा मात्रै बजेट बाँडियो : सांसद दुर्गा पौडेल

 न्यूज विराट
पहुँच हुने र मन्त्रीका जिल्लामा मात्रै बजेट बाँडियो : सांसद दुर्गा पौडेल

काठमाडौं, २४ जेठ-सांसद दुर्गा पौडेलले देशको विकासको लागि सन्तुलिन र विकेन्द्रीत बजेट आउन नसकेको बताएकी छन् । विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले सरकारमा पहुँच हुने र मन्त्रीको आफ्नो जिल्लामा मात्रै बजेट लगिएको आरोप लगाइन् ।

‘देशको सर्वाङ्गीण विकासको लागि सन्तुलित र विकेन्द्रीत रूपले बजेट विनियोजन हुनुपर्ने तर त्यसो नभई पहुँच र मन्त्रीहरू भएको जिल्लामा सानोभन्दा सानो र ठूलोभन्दा ठूलो योजनाहरू खप्टिएर गएको छ’ उनले भनिन् ।

कोभिड-१९ को नियन्त्रणको सम्पूर्ण आर्थिक जिम्मेवारी केन्द्रले लिएर स्थानीय तहलाई व्यवस्थापन गर्न नसकेको र राहत कोषमा प्राप्त बजेट विनियोजन आवस्यकताको तुलनामा नभएको बताइन् ।

विदेशबाट फर्कने र नेपालका समेत बेरोजगार मानिसलाई रोजगारी दिन रोजगारका प्याकेज कार्यक्रम ल्याउन नसकेको बताइन् । वन तथा वातावरणमा भइरहेको विनासलाई रोक्नका लागि प्रयाप्त व्यवस्था नगरिएको र ढुङ्गा गिट्टी बालुवालाई अप्राकृतिक प्रकारले दोहन गर्दै गरिएको उत्खनन र निकासीमा कडाई गर्न नसकेकोले खर्च कटौतिको प्रस्ताव गर्नुपरेको बताइन् ।

कोभिड-१९ ले ध्वस्त पारेको पर्यटनको पुनर्स्थापनाका लागि आवश्यक पूर्वाधार र आन्तरिक पर्यटनको विकासका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको, देशमा रहेको परनिर्भरता समाप्त गरी आत्मनिर्भरतातर्फ जाने कुनै ठोस योजना नभएको बताइन् ।

स्वास्थ्य क्षेत्रमा पनि कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि परीक्षण, उपचार र क्वारेन्टाइन व्यवस्थाका लागि कुनै व्यवस्था बजेटमा नभएको बताइन् । कृषि क्षेत्रमा बढ्दै गएको प्लटिङलाई रोक्ने कुनै योजना बजेटमा नआएको बताइन् ।

सम्बन्धित समाचार

मोरङमा ‘लापसे’ अभियान तिव्र , लापसे गरेर सवारी चलाउने ९ जना पक्राउ

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९...

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विमानस्थलबाट पक्राउ

एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रहरीका अनुसार उनी विदेश जाँदै...

सुन्दरहरैँचामा मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैँचामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन भएको छ । सोमबार नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न...

‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा १० वर्ष असर पार्छ’

एजेन्सी, जेठ १०-प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनीले कोरोना भाइरसको महामारीको असर विश्वको अर्थतन्त्रमा १० वर्षसम्म पर्नसक्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरसका कारण विश्वभर लामो आर्थिक मन्दी हुने र त्यसबाट अर्थतन्त्रलाई पुरानै मार्गमा फर्काउन...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...

आज २ हजार २५३ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं, १८ असोज-पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको...

नयाँ पार्टी दर्ता गर्न राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...

बेथिति रोक्न सामान्य प्रशासन मन्त्री अमनलाल मोदी एक्सनमा

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी प्रशासनभित्र सुधार गर्नका लागि थप कदम चालेको छ । सिनियर कर्मचारीलाई भन्दा आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासनभित्र विकृति देखिएको ठहर गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्