विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

 न्यूज विराट
विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौं बिच प्रतिस्पर्धा हुनेछ । खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो ।

जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वानटचमै गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पंजावलाई दबावमा राखेपनि पहिलो हाफसम्ममा गोल गर्न सकेनन् । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर गयो ।

खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेलेन्टी एरियादेखि वान भर्सेस वानको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । खेलको २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुक्यो । ३१ औं मिनेटमा पंजावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो ।

दोस्रो हाफदेखि आक्रमक भएको पंजावले खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको प्रिकिकलाई उनले वान टचमै पोष्टको दिशा दिएका थिए । त्यही गोल निर्णायक सावित भयो । खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरीदा गोल फर्काउने अवसरबाट मछिन्द्र बन्चित भएको थियो ।

५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टीबक्सबाट गरेको प्रहार बाहिरीएको थियो । खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए । सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।

पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे ।

सम्बन्धित समाचार

विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह  जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

विराटनगर, चैत ७–नेपाल औषधी व्यवसायी संघ मोरङले शुक्रवार विराटनगरको तीनपैनी चौकमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउने उद्देश्यले माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको...

थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजका...

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त...

प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्