रोहिङ्ग्या शिविरमा भीषण आगलागी, १५ शरणार्थीको मृत्यु

 न्यूज विराट
रोहिङ्ग्या शिविरमा भीषण आगलागी, १५ शरणार्थीको मृत्यु

दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले बताएका छन् ।

आगलागी भएको स्थानबाट उद्धारकर्ताहरूले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरूको पनि खोजी भइरहेको उद्धार संस्थाले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौँ बाँसले बनाइएका अस्थायी शिविर आगोले डढेर खरानी भएका थिए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । शिविर ध्वस्त भएसँगै शरणार्थी आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौँ व्यक्तिको रुवाबासी भएको छ ।

म्यानमारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरमा रहेका छन् । यी शरणार्थी सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए । हाल बंगलादेशको रोहिङ्ग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो ।

बंगलादेशले रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ । यसका लागि विगतमा म्यान्मार र बंगलादेशबीच सहमति भएपनि रोहिङ्ग्या शरणार्थी म्यानमारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन् । रोहिङ्ग्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरू खटिएका थिए ।

सम्बन्धित समाचार

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

आज सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा...

प्रचण्डको सचिवालयका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष...

भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।...

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...

इटहरीमा ज्वाइँले यसरी गरे जेठानको हत्या, २४ घण्टा बित्न नपाउँदै हत्या आरोपी सार्वजानिक

विराटनगर । घरायसी विवादको कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या आरोपमा भुजेलले इटहरी...

नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले...

नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्