मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

 न्यूज विराट
मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै सशस्त्र प्रहरीले चैत ९ गते हुने १ नं. प्रदेश प्रहरी र एलेभेन एरोज क्लब सुनसरीको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको सुरूवातदेखि अक्रमक रूपमा प्रस्तुत भएको सशस्त्र प्रहरीले पहिलो हाफको अत्तिरिक्त समयमा गोल गरि खाता खोल्यो ।

खेलको ४२ औं मिनेटमा सशस्त्रका समिर राईले हेडमार्फत गोली गरि टिमलाई अग्रता दिलाए । सशस्त्रका बलराम निरौलाले क्रस पासलाई समिरले हेडमार्फत गोल गरेका थिए । पहिलो गोल गरेको १० मनिटेपछि सशस्त्रले दोस्रो गोल ग¥यो ।

सशस्त्रका योगेश बुर्जा मगरले ५२ औं मिनेटमा गोललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो । दोस्रो हाफदेखि उर्लाबारीले सुधारेको प्रर्दशन गरेपनि आधा दर्जन बढी पाएको अवसर खेर फाल्दा घर फर्कियो । खेलको ७९ औं मिनेटमा सशस्त्रका योगेस बुर्जा मगरले पुनः दोस्रो गोल गरि टिमको जित सुनिचत गरे ।

खेलको अत्य तिर सशस्त्रका सुशिल राईको ठाउँमा मैदान प्रवेश गरेका नक्कु टुडुले मिलाइदिएको पासलाई योगेशले उत्कृष्ट फिनिसिङ गरेका थिए । खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरीका योगेश बुर्जा मगर घोषित भए । उनले खेल अवधिभरी दुई गोल गरे । म्यान अफ द म्याच घोषित भएका खेलाडीले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्दछन् ।

विराटनगर– १६ स्थित मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको गोल्डकपमा आइतबारको खेल साइनो स्पोटर््स क्लब रानी मोरङ र गाइघाट फुटबल क्बल उदयपुर बिच हुनेछ । चैत ७ देखि १४ गतेसम्म हुने प्रतियोगितामा प्रदेशभरीका ८ टिमको सहभागि रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँका प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताको म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज), सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, कोच र उदयमान खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले गरेका थिए ।

सम्बन्धित समाचार

आलटाल नगरौं, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता...

प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौं, जेठ २१ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको...

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

डियर ह्याक कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् ।मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो समिस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियरवाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको डियर...

२२ बुँदे माग राख्दै कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका...

‘क्वालिटी’ आइसक्रिम पार्लर विराटनगरमा

विराटनगर । दुबईको प्रख्यात ‘क्वालिटी’ आइसक्रिम पार्लर अब विराटनगरमा पनि उपलब्ध भएको छ। ५० वर्षको लामो इतिहास बोकेको यो विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड पहिलोपटक कोशी प्रदेशमा विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा आएको हो।सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालि...

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टि, १२६२ जना डिस्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्