झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

 न्यूज विराट
झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले विराटनगरमा प्रदर्शन गर्दै नेपाल सरकारलाई ज्ञापन पठाएको छ ।

महासभाले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकार तथा गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयनजिकै रहेको आदर्श माध्यमिक विद्यालय परिसर अगाडिको सडकबाट र्‍याली निकालिएको थियो ।

प्लेकार्ड सहित निकालिएको र्‍यालीका सहभागीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए । १० फागुनको राति आफ्नै घरको बेग्लाबेग्लै कोठामा सुतिरहेका महोत्तरीको पिपरा गाउँपालिका- ५ सोहडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ५८ वर्षीया गीता देवी झा ११ फागुनको बिहान रहस्यमय ढंगले बेपत्ता भएका थिए ।

बेपत्ता भएका वृद्ध दम्पतीको खोजी गर्दै उनको घर पुग्दा आफन्तले कोठामा रगतका छिटा फेला पारेका थिए भने झा दम्पती सुतेको खाट, झुलसमेत कोठाबाट नभएको ब्राम्हण महासभा युवा समिति मोरङका अध्यक्ष मनोजकुमार मिश्रले जानकारी दिए ।

घटना भएको ३ साता बितिसक्दासमेत घटनाको यर्थाथ विवरण आउन नसकेका कारण संस्थागत रूपमा दबाब दिने आवश्यकता सिर्जना भएको अध्यक्ष मिश्रले बताए । कोठामा रगतका छिटा भेटिनु र ओछ्यानसमेत गायब गरिएका कारण हत्या गरिएको हुनसक्ने उनले बताए ।

कोठाबाट केही वस्तुलाई घिसारेर लगिएको जमिनमा दागसमेत देखिएको उनले बताए । कार्यक्रममा विभिन्न मैथिल संघसंस्था अबद्ध महिला पुरुष तथा सामाजिक अगुवाको सहभागिता थियो ।

सम्बन्धित समाचार

भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर, १४ – विराटनगर १४ स्थित भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुल (BBM) ले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक भव्य समारोहबीच सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक,...

सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

काठमाडौं, ८ असोज । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले...

जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं, ७ साउन । जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा एस्ट्राजेनेका खोप दिएको हो । जापानले दिने तय भएको १६ लाख १४ हजार ७४० लाख डोज खोपको अन्तिम लट...

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

कोशीमा माओवादी तीन मन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई आज दिउँसो भेटेर राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ...

सद्भाव, सहिष्णुता र मेलमिलाप सम्वद्र्धनमा बकर इदको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, १७ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले बकर-इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।  इस्लाम धर्मावलम्बीको...

विश्व नेवा दिवसमा झी : पुचलाई सम्मान

विराटनगर । विश्व नेवा दिवसको अवसर पारेर झी : पुच नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरलाई सम्मान गरेको छ । विश्व नेवा अर्गनाइजेशनले ललितपुमा एक भव्य कार्यक्रम आयोजना गरी झी : पुचलाई सम्मान गरेको हो...

प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

विराटनगर, ३ भदौ-प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्