प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

 न्यूज विराट
प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्नेलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उहाँहरुलाई सम्मानित गर्नुभएको थियो । १३ जनालाई सम्मानित गर्दै प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकता भन्दा गहिराईमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रह गर्नुभयो ।

आन्तरिक मामिला तथा कानून एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ठ रहेको बताउनुभयो । महिला नेतृत्व सफलताको घोतक भएको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो ।

सम्बन्धित समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड दिने घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको...

भारतमा जवानले गरे सहकर्मीमाथि अन्धाधुन्ध फाइरिङ, चार जनाकाे मृत्यु

एजेन्सी, २२ कात्तिक । भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार...

सुनको मूल्य ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन-सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ । आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजावी...

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ-नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना...

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...

नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका...

गृष्म श्रेष्ठ भए विराट एक्स्पो सिङ्गिङ आइड

विराटनगर । ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्