लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

 न्यूज विराट
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर नगरपालि -८  स्थितबाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान -१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय  काँकडभिट्टाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका -११ हडिया खोला स्थितमा शुक्रबार साझ ६ बजे चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जु कुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकामा कर्फ्यू लगाइयो

एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

जनजाति सामुदायलाई उद्घोषण तालिम

विराटनगर । आदीवासी जनजाति सामुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो...

विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) काे सम्झौता नै नपढी हल्लाको पछाडि लागेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा ।...

हत्यामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी पक्राउ

भोजपुर—भोजपुर र खोटाङमा हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी लाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति...

भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, तर पनि रोकिएन अवैध प्रवेश

बैतडी, ३ जेठ-भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्