विराटनगरको राष्ट्रसेवक सहकारीको मासिक साहित्यिक शृंखला सम्पन्न

 न्यूज विराट
विराटनगरको राष्ट्रसेवक सहकारीको मासिक साहित्यिक शृंखला सम्पन्न

विराटनगर, १४ फागुन । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको मासिक साहित्यिक शृंखला आज सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गरिने कार्यक्रममा स्रष्टाहरुले कविता, गीत, गजल, मुक्तक, लघुकथालगायत प्रस्तुत गर्ने गर्दछन् ।

२५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा साहित्यकार मधु पोखरेल अच्युतप्रसाद खतिवडा, रामबाबु दाहाल, ममता मृदुल, भरत गुरागाईं, हरिप्रसाद बराल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, लक्ष्मी स्मृति, प्रिन्स प्रमोदकुमार ढकाल, शिवनारायण सिङ्गल, अम्विका खरेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विधान आचार्य, डा. कपिल लामिछाने, दीपक लोहनी, प्रकाश घायललगायतले शुभकामना मन्तव्यसहित आफ्ना सिर्जना वाचन गरेका थिए ।

सहकारीले आर्थिक कारोबार मात्रै नगरेर भाषा, साहित्य र कलाको विकासमा पनि योगदान पु¥याउँदै आएको संस्थाका अध्यक्ष जीवन काफ्लेले बताए । साहित्यमा थोरै भए पनि योगदान पुगोस् भनेर सहकारीले मासिक रुपमा साहित्य गोष्ठी सञ्चालन गरिरहेको उनले उल्लेख गरे ।

सम्बन्धित समाचार

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ८ फागुन । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको नमूना परीक्षण गर्दा थप २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी...

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई...

१ करोड २४ लाखको चेकसहित विद्युत् प्राधिकरणका उपप्रबन्धक पक्राउ

काठमाडौं, २४ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ ।...

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

एजेन्सी, २१ भदौ-चीनमा बनाएइको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक...

आज विराटनगरमा २४० कोरोना संक्रमित थपिए

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...

भगवती विद्या मन्दिर स्कुलले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक...

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

बैतडी, २५ जेठ-भारतबाट फर्किएकै दिन बैतडीमा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र...

मेची पर्यटन महोत्सवमा निकालियो कलशयात्रा

विराटनगर, फागुन ९–भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सुरु गरिएको पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवको पहिलो दिन आज कलशयात्रा निकालिएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङको तोक्मेडाँडाबाट नौमती बाजासहित कलशयात्रा निकालिएको हो । बिहान ८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्