सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

 न्यूज विराट
सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।

कार्यक्रममा उपभोक्ताबादी कृष्णप्रसाद भण्डारी मार्सेलीले बजार अनुगमन गर्ने सरकारी निकायवीच समन्वय नहुँदा कतै एकैदिन धेरै पटक बजार अनुगमन हुने र कतै हुँदै नहुने समस्या रहेको बताए । स्थानिय तहले वडा कार्यालयहरूले वडा कार्यालयबाटै पनि बजार अनुगमन गर्नसक्ने उनले धारणा राखे ।

कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले औषधि बिक्री वितरणमा धेरै गढबडी रहेको बताए । उनले विशेष गरी निजी अस्पताल आसपासका फार्मेसीहरूले औषधिमा उपभोक्तालाई ठग्ने गरेको जानकारी दिए ।

जनशक्ति अभावका कारण बजार अनुगमन गर्न औषधि व्यवस्था विभागलाई गाह्रो भएको कट्टेलले बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले बजार अनुगमन भइरहे पनि अनुगमन प्रभावकारी हुन नसकेको गुनासो आइरहेको बताइन् । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा महानगरपालिकाले सबै निकाय र सरोकालबालाहरूबीच छलफल आयोजना गरेको जानकारी दिइन् ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजाल, वाणिज्य कार्यालय प्रमुख सन्तोष घिमिरेलगायतले तीनै तहका बजार अनुगमन गर्ने निकायबीच समन्वय गरेर अनुगमन गरे प्रभावकारी हुने बताए ।

सम्बन्धित समाचार

आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय...

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम...

विराटनगरका उद्योगिको आन्दोलन स्थगित

विराटनगर, १२ असार । अथर्थमन्त्री जनद्र्धन शर्माले माग सुनुवाई गर्ने आश्वासन दिएपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफुहरुले राखेको मागप्रती ध्यानाकर्षण भएको...

माधव र उपेन्द्रले हैसियत भन्दा बढी भाग खोजेः प्रचण्ड

काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव कुमार नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा धेरै दावी गरेपछि सत्ता गठबन्धनबीचको तालमेल असहज बनेको बताउनु भएको छ । स्थानीय तहको निर्वाचनमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् ।अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् ।नेत्रहीन...

डनबस्को स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर – १ मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो ।विज्ञान प्रर्दशनीको उदघटन विराटनगर १ का कार्यवहाक अध्यक्ष लक्ष्मी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्