जातीय पहिचान सूचीकृतगर्न मागगर्दै विराटनगरमा राजवंशी समुदायको प्रदर्शन

 न्यूज विराट
जातीय पहिचान सूचीकृतगर्न मागगर्दै विराटनगरमा राजवंशी समुदायको प्रदर्शन

विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ ।

समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट आज बिहान निकालिएको मोटरसाईकल ¥यालीले नगरपरिक्रमा गरेको थियो ।

नगरक्षेत्रको परिक्रमापछि स्थानीय जिल्ला प्रशासन चोकमा पुगेर मोटरसाईकल ¥याली खबरदारी सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै विराट राजवंशी उत्थान समितिका युवा अध्यक्ष कुशेश्वर राजवंशीले आफुहरुले लामो समयदेखी विराट राजवंशी समुदायको पहिचान सूचीकृतगर्न माग गर्दै आएपनि राज्यले सुनवाई नगरेको बताए ।

समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशीहरुको पहिचान अन्य राजवंशीभन्दा पृथक र मौलिक रहेपनि राज्यले हालसम्म सूचीकृत नगरेको आरोप लगाए ।

उनले २०७८ सालभित्र समुदायको पहिचान स्थापित गराउन समिति शान्ति वा क्रान्ति दुवै पाटो पहिल्याएर अघि बढ्ने चेतावनी दिए । मोरङ अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले विराट राजवंशीहरु शान्तिप्रिय समुदाय रहेकाले शान्तिपुर्ण ढंगले आफ्ना माग सम्बोधन गराउने पक्षमा रहेको बताए ।

उनले समुदायले उठाएका मागलाई सरकारले सम्बोधन नगरे विराट राजवंशीहरु कडा संघर्षमा होमिन बाध्य हुने चेतावनी दिए । समितिले विभिन्न ९ बुंदे माग सहित खबरदारी सभा र मोटरसाइकल ¥याली आयोजना गरेको हो । आउदो ६ गते समितिले विराटनगरमा बृहत सभा आयोजना समेत गर्ने भएको छ जनाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट हुँदैन : अर्थमन्त्री

काठमाडाैं, १९ जेठ-अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट गर्न सांसदहरूले गरेकाे प्रस्ताव अस्वीकार गरेका छन् ।बजेटमा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयात गर्दा लाग्ने कर बढाएपछि  सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले त्यस्ताे कर...

महानगरस्तरीय कबडी प्रतियोगिता सुरू

विराटनगर । महानगरस्तरीय कबडी प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

प्रतिनिधिसभा बिघटन र प्रधानमन्त्री नियुक्ति प्रकरण : संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाई हुँदै

काठमाडौं, असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्