गतहप्ता मर्ज भएको लेटाङको जनाचाहाना सहकारीको कारोवार सुरु

 न्यूज विराट
गतहप्ता मर्ज भएको लेटाङको जनाचाहाना सहकारीको कारोवार सुरु

विराटनगर, १२ माघ । गत हप्ता मात्र एकीकृत भएको मोरङको लेटाङ नगरपालिकामा रहेको जनाचाहाना बचत तथा ऋण सहकारी संस्थाले आजबाट एक कार्यक्रमका बिच औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी विघटित प्रतिनिधी सभाका सांसद घनश्याम खतीवडा लगायतका अतिथीहरुले संयुक्तरुपमा कारोबार शुभारम्भ गरे । पाँच वटै सहकारी बिच एकीकरण गर्ने सहमति भएपछि गत माघ ९ गते शुक्रबार सहकारी एकिकरणको पत्र प्रदेश सहकारीका रजिस्टारको कार्यालय बाट एकिकृत प्रमाणपत्र लिई आज बाट औपचारीक रुपमा कारोबार सुरु गरिएको हो ।

हाल रहेको फडानी साकोसमा केन्द्रीय कार्यालय रहने र अन्य साविकको जनचाहाना बचत, गोदावरी धचत, खैरेनि बतचको कार्यलयबाट सेवा केन्द्रको रुपमा कारोबार हुने छ । कार्यक्रममा प्रमुख अतिथी खतिवडाले सहकारीले आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास गर्ने बताउदै लेटाङ २ मा रहेका सहकारीको एकिकरणलाई हेरेर राजनितिक दल तथा तिनका नेताले पाठ सिक्नु पर्ने बताए ।

पाँच सहकारीको एकीकरणपछि शेयर पूँजी ७० करोड पुगेको छ भने शेयर सदस्य संख्या ७ हजार रहेका छन । एकीकरण भए संगै जनचाहानाको बचत शेयर पुजी तथा सेयर संख्याका आधारमा मोरङ जिल्लाकै ठूलो सहकारी भएको छ ।

सम्बन्धित समाचार

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

प्रदेश १ मा ७ हजार २ सयको कोरोना परिक्षण

विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...

यातायात व्यवस्था कार्यालयमा ५ करोडको भ्रष्टाचार, १७ जनाविरुद्ध मुद्दा

काठमाडौं, २५ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

बढाएको पैसाँ फिर्ता हुनुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पस विरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसले बढाएको रकम फिर्ता हुनुपर्ने काम राख्दै विद्यार्थीले क्याम्पस विरुद्ध मुद्धा दायर गरेका छन् । नँया क्याम्पस प्रमुख आएपछी लागू गरिएकाले पहिलो तिरेको रकम फिर्ताको माग राख्दै महेन्द्र...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा...

नरवणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’

काठमाडौं, २० कात्तिक-तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् । गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्