इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

 न्यूज विराट
इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएकाहरूलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरूको संख्या धेरै भएकाले उनीहरूलाई अस्पतालबाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए ।

उनका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरूलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैजाने गरिएको अधिकारीहरूले जनाएका छन् । भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।

अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

सम्बन्धित समाचार

दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु, २ माघ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।  ४८ मिटर लामो...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर...

विराट गोल्डकप गर्ने जिम्मा निजी क्षेत्रलाई, फागुन १९ गतेबाट नौं संस्करणको गोल्डकप हुने

विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

उपत्यकामा लकडाउनलाई यसरी गरिँदै छ कडाइ

काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट

काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...

तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्