प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

 न्यूज विराट
प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ ।

प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरेको हो ।

प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेको पत्रमा दलको बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको उल्लेख छ ।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव यसअघि नै दर्ता भएको छ । अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री राईको निर्देशनमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १६ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । उनीहरुलाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

न्यूरो सर्जन डाक्टर रोकालाई एनएमएको सम्मान र विदाई

विराटनगर । चर्चित वरिष्ठ न्यूरो सर्जन डाक्टर याम बहादुर रोककालाई सम्मान र विदाई कार्यक्रम गरेको छ । नेपाल चिकित्सक संघ (एनएमए) कोशी प्रदेशले रोकालाई बिहीबार विहान सम्मान र विदाइ कार्यक्रम गरेको हो ।विराटनगरमा बसेर पूर्व...

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजका...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

एच.पी.भी. विरुद्ध खोप अभियान सुरु, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका...

उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्