श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

 न्यूज विराट
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर, २१ पुस-इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

भारत लैजान लागेको तीन जना किशोरीको उद्धार

विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...

रतुवामाइ समाजद्धारा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । रतुवामाई सामाज विराटनगरले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा आज दशैं, दिपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख आतिथि सार्वजनिक...

एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना  गरी...

५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

जनकपुरधाम, ३० कात्तिक-जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले...

मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सम्पन्न

जनकपुर, फागुन ६–मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सप्तरीको बोदेबर्साइन ५ जाजरमा सम्पन्न भएको छ । नेपाल तथा भारतका गरी करिब २ लाख भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना...

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

अन्तर विद्यालय पौडी प्रतियोगिता, एभरेष्टले जित्यो १७ स्वर्ण

विराटनगर । विराट स्वीमिङ ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न विराटनगर अन्तर विद्यालय पौडी प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले १७ स्वर्ण जितेको छ । एभरेष्टले प्रतियोगितामा खेलाईएका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्