बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

 न्यूज विराट
बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गर्दै डोरमणि पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय गरेको हो ।

यसअघि नै शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै प्रचण्ड–नेपाल पक्षले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले उनले एक महिनाभित्र विश्वासको मत जित्नुपर्नेछ ।

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ जना सांसद छन् । जसमध्ये ४५ जना प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । नेकपा विभाजित भएसँगै अब सरकार गठनमा कांग्रेस निर्णायक शक्ति बनेको छ ।

सम्बन्धित समाचार

जेठ २ मा फर्कंदा संस्थापन स्पष्ट बहुमतमा, माधव समुह अल्पमतमा (सूचीसहित)

काठमाडौं, असार १६ । नेकपा एमालेले माधव नेपाल समुहको माग पूरा गर्दै एकताअघि २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि केन्द्रीय कमिटीमा को बलियो भन्ने जिज्ञासा उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : एक सातामा २१ जनाको मृत्यु

काठमाडौं,  ११ असोज-विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ गरी शनिबार साँझसम्म...

नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको  छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापा, २५ असोज-झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका- २ त्रिवेणी चोक बस्ने  ३४ बर्षीय रामजी थापा रहेका छन् । प्रहरीका अनुसार थापाले शनिबार साँझ पौने ६...

प्रदेश १ मा बस्नेत र बरालको मत बराबर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी

विराटनगर, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मत बराबर भएपछि गोला (चिट्ठा) तानेर बस्ने विजयी भएका हुन् । गठबन्धनका बस्नेत र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्