आयोगले थाल्याे निर्वाचनकाे तयारी

 न्यूज विराट
आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वाेच्च अदालतमा विषय प्रवेश गरेको छ ।

आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ ।

निर्वाचनसम्बन्धी ऐन कानूनले व्यवस्था गरेअनुुरुप त्यस्तो काम विधि र प्रकृयाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन । तोकिएको मितिमा ठीकठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धाणका लागि मस्यौदा तयार गरिसकेको छ ।

उक्त मस्यौदालाई निकट भविष्यमै अन्तिम रूप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको छ । उक्त निर्वाचनका लागि केकस्ता क्रियाकलाप गर्नुुपर्छ, त्यसका लागि कति जनशक्ति केकति समय परिचालन हुुन्छ र त्यसमा केकस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निर्क्याैल गर्नुुपर्ने भएकाले आयोगले बजेट अनुुमान गर्ने काम भइरहेको बताइएको छ ।

विगतका निर्वाचनकै विधि प्रकृया र क्रियाकलाप गरिने भए पनि कति मात्रमा जनशक्ति परिचालन गर्छौं, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, केकस्ता सामग्री प्रयोग गर्छौँ भन्नेसँग बजेट निर्धारण हुने उनले बताए । यद्यपि, अघिल्लो आमनिर्वाचनमा सात अर्ब रुपैयाँको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुुने अनुुमान छ ।

अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुुपर्ने भएकाले केही खर्च थप लग्ने अनुुमान गरिएको छ । बजेट तर्जूूमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुुरोध गर्ने छ । निर्वाचनका लागि प्रयोग हुुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुुग हुुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ ।

त्यससम्बन्धी विवरणप्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिने छ । सवारी साधन, मेसिनरी औजारको सङ्ख्या र अवस्थाबारे आयोगले जिल्ला–जिल्लाबाट विवरण लिइरहेको छ । त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युुटर, फोटो कपि, फयाक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि तत्तत् कार्यालयबाट मागी रहेको छ ।

निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिलाई विद्यमान, ऐन कानूनका आधारमै निर्वाचन हुने भए पनि आयोगले आचार संहितालगायत विषयलाई अद्यावधिक गर्नुुपर्ने छ । सो कार्य सुरु भएको छ ।

निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूूचना प्रकाशित गर्ने, दलसँग अरु कार्यमा सर–सल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्ने सम्मका कार्य हुनेछ । त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थितरूपमा गर्ने छ ।

निर्वाचन आयोगमा हाल १ सय ३० भन्दा राजनीतिक दल दर्ता छन् । मतदातको सङ्ख्या भने एक करोड ५४ लाखको हाराहारीमा छ । निर्वाचनलाई व्यवस्थित र मर्यादित तुुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पुर्‍याउनुपर्छ भनी प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले विगतका निर्वाचनमा आयोगमा रही अनुुभव हासिल गरेका सूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चार माध्यमका प्रदाधिकारीसँग राय, सुुझाव र सल्लाह लिए ।

सम्बन्धित समाचार

गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको...

देशैभर पानी पर्ने संभावना, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं, कात्तिक १ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही...

समाजसेवी दिनबन्धु गोयलद्धारा १४ घर हस्तान्तरण

विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी...

अक्सिजन ल्याउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...

आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

काठमाडौं, फागुन ९–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्