कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

 न्यूज विराट
कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

‘कमेडी च्याम्पियन सिजन २’ को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ ।

कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले भव्य सेट तयार गरेको छ । ठूलो लगानीमा तयार भएको सोही सेटमा नै फिजिकल अडिसनको छायांकन चलिरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

निर्देशक भण्डारीका अनुसार दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको छ ।

फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिनेछन् । जसमा केही प्रतियोगीहरूलाई जजले ‘गोल्डेन कि’ दिएर सिधै उत्कृष्ट २४ मा तान्न सक्नेछन् । बाँकी प्रतियोगीहरू भने जजले दिएको स्कोर र निर्देशक टिमको छनोटका आधारमा उत्कृष्ट २४ मा पर्नेछन् ।

बुधबार खिचिएको फिजिकल अडिसनबाट सिक्किमका विक्की अग्रवालले गोल्डेन कि हात पार्न सफल भएका छन् । यसको मतलव कमेडी च्याम्पियन दोस्रो सिजनको उत्कृष्ट २४ मा पर्ने पहिलो प्रतियोगीका रूपमा विक्कीले आफ्नो नाम दर्ता गरेका छन् ।

कमेडी च्याम्पियनका जजहरूमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै छन् । निर्देशक भण्डारीका अनुसार यस शो ६ फेब्रुअरीबाट प्रसारण सुरु हुनेछ ।

सम्बन्धित समाचार

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव

काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...

परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...

त्रिविको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...

निर्वाचन आयोगद्वारा तीनवटा दल खारेज

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीनवटा दलको दर्ता खारेज गरिएको आयोगले सूचना प्रकाशित गरेर...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

मिल्स गोल्डकप , साबिक बिजेता प्रतिभा फाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–०...

आज देशभरका धेरै ठाउँको मौसम सफा

काठमाडौं, माघ २९ । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र आज तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । प्रदेश एक र वाग्मती प्रदेशका...

अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्