आज पनि घट्यो सुनको मूल्य

 न्यूज विराट
आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनसमेत प्रतितोला ९ सयले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९ सय ५० मा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २ सय१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला १ हजार २ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रासस

सम्बन्धित समाचार

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...

सुनको मूल्य १ लाख २ हजार ५ सय पुग्यो

काठमाडौं, २२ साउन-सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा,  २ भदौ-पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित तनहुँकी महिला हुन् । उनको आज बिहान कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।   तनहुँ ब्यास-१ अम्रेनीकी...

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी...

प्रदेश १ः मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार हुँदै, प्रदेश प्रमुख कार्यालय जाने बाटोमा युवा संघ र अनेरास्ववियुद्वारा प्रदर्शन

विराटनगर, २३ माघ । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताहरू मन्त्रालय विस्तारविरुद्ध सडकमा उत्रेका हुन् । मुख्यमन्त्री राजेन्द्र राईले आजै मन्त्रालय फोडेर मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् । केहीबेरमा शपथको तयारी भइरहेको छ...

काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण

शुक्रबार काठमाडौं उपत्यकामा ५ सय ४१ कोरोना संक्रमित थपिएका छन् । समंक्रमितमध्ये २ सय ३६ महिला र ३ सय ५ जना महिला हुन् ।  आज देशभर ७ हजार ४ सय १४ को पीसीआर गर्दा १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्