उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

 न्यूज विराट
उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।

व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । कोरोना सङ्क्रमणको त्रास भए पनि छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो ।

सम्बन्धित समाचार

भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस

एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी...

दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्‍व बैंक

काठमाडौं, १० वैशाख-विश्‍व बैंककले दक्षिण एसियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा यस्तो बताएका हुन् ।...

जम्मू-काश्मीरमा आतंकवादी आक्रमण : २ प्रहरी मारिए

काठमाडौं ३० साउन-स्वतन्त्रता दिवसकाे एक दिनअघि जम्मू-काश्मीरकाे नौगाममा आतंकवादीले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा २ प्रहरी जवान मारिएका छन् भने अन्य ३ जना घाइते भएका छन् ।   भारतीय सञ्चारमाध्यमका अनुसार अहिले नाैगाम क्षेत्रलाई प्रहरीले...

मोरङको हुलाकी सडक बनाउन माग राख्दै सिडियो कार्यालय अगाडी धर्ना

विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्