शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ ।
शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम–२० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना जनकपुरधाम उपमहानगरपालिका– ७ जानकीनगर माइती भएकी आरती साहको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
विवाह भएको केही समय पश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताए । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताए ।