यसको महत्त्व शास्त्र तथा वास्तुमा पनि उल्लेख छ । दियो बाल्ने परम्परामा नियम अलग छ, कुनै ठाउँमा लक्ष्मीलाई पूज्नुभन्दा पहिला र कतै पूजापछि दियो बाल्नुपर्छ ।
आउनुहोस् जानौँ, ती कुन–कुन ठाउँ हुन्, जहाँ दियो बाल्नु शुभ मानिन्छः
१. सबैभन्दा पहिला दियो घरको मुख्य ढोकाको दुवैतर्फ राखिन्छ । देवी लक्ष्मीले घरमा पहिलो कदम यहीँबाट राख्छिन् भन्ने धार्मिक विश्वास छ । यसरी दियो बाल्दा घरमा सकारात्मक माहौल बन्छ भन्ने मान्यता छ । त्यसैले दीपावलीमा लक्ष्मी पूजाभन्दा अगाडि तोरीको तेलमा जलाइएको बाती घरको मूल ढोकाको दुवैतर्फ राख्न जरुरी छ ।
२. दोस्रो दियो घरको आँगनमा राख्नुपर्छ । घरमा आँगन नभए घरको बीच कोठामा घीउको दियो राख्न सकिन्छ, यो घरको ब्रह्म स्थान मानिन्छ । यहाँ दियो बाल्दा परिवारका सदस्यमा सन्तुष्टि भाव आउने विश्वास छ ।
३. लक्ष्मी पूजाअघि घरको मन्दिरमा पाँच दियो बालिन्छ । योसँगै घरछेउमा मन्दिर छ भने त्यहाँ पनि दियो बाल्न जरुरी छ । मान्यता छ कि यसबाट घरमा समृद्धि आउँछ र परिवारमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
४. लक्ष्मी पूजाअघि चारमुखी दियो, अर्थात् यस्तो दियो जसमा चार बाती जलाइएकाे हुन्छ । यो घरको चारै कुनामा बाल्नुपर्छ । र, भगवान गणेशसँग सुख–समृद्धिको काम गर्नुपर्छ । यसबाट घरलाई एक सुरक्षा कवच मिल्ने विश्वास छ ।
५. लक्ष्मी पूजापछि घरमा तुलसीको बोटमा तेलको दियो राख्नुपर्छ । तुलसी भगवान विष्णुको निकै प्रिय मानिन्छ । तुलसीमा दियो लगाउँदा घरमा शुद्धता र शान्ति कायम रहन्छ भन्ने मान्यता छ ।
६. घरमा पानीको कुनै मुहाननजिक एक दियो बाल्न जरुरी छ । जस्तो कि, कुवा, पँधेरो वा पानीको भाँडाछेउमा । यस्तो स्थानमा दियो राख्दा घरमा पवित्रताको वातावरण कायम रहन्छ । र, घरका सदस्यहरू स्वस्थ रहन्छन् ।
७. घरनजिकै पीपलको रुख छ भने एउटा दियो त्यहाँ पनि जलाउनुपर्छ । पीपलको रुखमा भगवान् विष्णुको वास हुने हिन्दु मान्यता छ । यहाँ दियो बाल्दा घरका समस्या कम हुने विश्वास छ ।
८. लक्ष्मी पूजापछि दुई दियो घरको भान्छामा पनि राख्नुपर्छ । यसबाट देवी अन्नपूर्णा प्रसन्न हुन्छिन् र घरको अन्न भण्डारमा वृद्धि हुने विश्वास छ ।
९. लक्ष्मी पूजापछि भगवान् कुशेरको प्रार्थना गर्दै घरको बाक्सा, दराज वा सन्दुकनजिकै दियो बाल्नुपर्छ । यसबाट घरको समृद्धि कायम रहन्छ ।
१०. घरनजिकै चौबाटो छ भने त्यहाँ पनि दियो बाल्नुपर्छ । चौबाटोमा दियो राखेर घर फर्किँदा पछाडि फर्केर हेर्न हुँदैन । चौबाटोमा दियो बाल्दा समस्याहरू काम हुने विश्वास छ ।
११. यसबाहेक घरको आसपास कतै अँधेरो देखिने ठाउँ छ भने दियो बालेर उज्यालो पार्न आवश्यक छ । यसबाट घर छेउछाउको नकारात्मकता कम हुन्छ ।