सुनिल थापा कांग्रेस सहमहामन्त्रीमा मनोनित

 न्यूज विराट
सुनिल थापा कांग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं, २८ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको हो ।

राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका थापाले आफ्नो समूहका नेतासहित कांग्रेसमा प्रवेश गरेका थिए । थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय पनि बैठकले गरेको छ ।

थापासँग कांग्रेसमा प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरि, टिएन योगीलाई केन्द्रीय सदस्य र दिलीप राई, आशाराम चौधरी, राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

३१ साउनमा थापा, केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना कांग्रेसमा प्रवेश गरेका थिए । सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

सम्बन्धित समाचार

थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका...

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...

१०वटा कछुवासहित दुई जना पक्राउ

नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ...

बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न...

नेपाल कराते महासंघको दोस्रो वार्षिक साधारण सभा सकियो

विराटनगर । नेपाल कराते महासंघले आफ्नो दोस्रो वार्षिक साधारण सभा निजगढ, बारामा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले केही महत्वपूर्ण निर्णयहरू गरेको छ। साधरणसभामा कराते खेलाडी एरिका गुरुङलाई हिमालयन वारियर उपनामले सम्मानित गरिएको छ । राष्ट्रिय...

चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा चक्कु देखाएर दिनदहाडै दुई लाख रुपैयाँ लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ४ ट्याङग्रा खोला नजिकबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले लिए शपथ, तीन सदस्य मन्त्रीमण्डल विस्तार

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । थापाले आजै...

एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

एजेन्सी, ११ कात्तिक-इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान रोमासँग ३–३ गोलको बराबरीमा रोकिएको हो । एसी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्