काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

 न्यूज विराट
काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।

काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २ हजार १ सय ११ रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यी मध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन् । १ लाख ६८ हजार १२९ जना निको भएका छन् । आज मात्रै ३ हजार ५३७ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको छ । ९ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित समाचार

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...

कोरोना खोप समयमै निःशुल्क उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा संघीय मामिला, स्वास्थ्य तथा...

कवि नेवटियालाई साहित्य सम्मान

विराटनगर । वरिष्ठ कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका कवि नेवटियालाई सम्मान गरेको हो । कवि नेवटियाले विराटनगरबाट...

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...

मन्त्रीको गाडीमाथि ट्राफिक प्रहरीको कारबाही

जनकपुर, माघ ४–सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको...

राष्ट्रकवि घिमिरेको सम्मानका अन्त्येष्टि गरिँदै

काठमाडौं, ३ भदौ-मंगलबार निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बिहान १० बजे उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि...

आईटीएफ तेक्वान्दो शनिबारदेखि, १३५ खेलाडीको सहभागि

विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जानकारी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा २० महिलालाई सिलाई मेशिन वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न समुदायका २० जना महिलालाई तीन महिने सिलाई कटाई तालिम दिएर मेशिन वितरण गरेको छ । विपन्न परिवारका महिलाहरुलाई शिप सिकाएर स्वरोजगार बनाउदै आर्थिकरुपमा सवल बनाउन तीन महिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्