विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा शुक्रबार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४२, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷नीत, संखुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १५, उर्लाबारीमा नौ, कटहरी र रंगेलीमा पाँच÷पाँच, लेटाङ, कानेपोखरी र सुनबर्षीमा तीन÷तीन, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा दुई÷दुई, पथरीशनिश्चरे र धनपालथानमा एक÷एक र स्थानीय तह नखुलेका पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा नौ, रामधुनीमा छ, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा दुई÷दुई, गढी र बराहक्षेत्रमा एक÷एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा छ, शिवसताक्षी र कमल गाउँपालिकामा तीन÷तीन, मेचीनगरमा चार, अर्जुनधारा र भद्रपुरमा दुई÷दुई, बुद्धशान्ति, बा¥हदशी र झापा गाउँपालिकामा एक÷एक, उदयपुरको त्रियुगा र कटारीमा दुई÷दुई, चौदण्डीगढी र बेलकामा एक÷एक र स्थानीय तह नखुलेका दुई, तेह्रथुमको म्याङलुङमा तीन र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, चुलाचुली र फाकफोकथाममा एक÷एक, पाँचथरको मिक्लाजुङमा तीन, सोलुखुम्वुको सोलुदुधकुण्डमा तीन, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका एक÷एक, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।