प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

 न्यूज विराट
प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

जनकपुरधाम    २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ । 

अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी सहित प्रदेश कमिटी सदस्य छोटेलाल यादव, नेकपा जिल्ला ईञ्चार्ज रामचन्द्र साह, विन्दवासिनी गाउँपालिकाका नेकपा अध्यक्ष विक्रम चौरसिया लगायतले मुकेशको हत्या गरेको अभियोग लगाउँदै सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

करिब एकसाता अघि नै गोप्य रुपमा मुद्दा दर्ता गरिएको नेकपा सह—ईन्चार्ज चौधरीले बताए । ‘माथि (प्रधानमन्त्री) को आदेशमा हामीलाई फसाउन हाम्रै कारणले हत्या भएको भनेर सरकारी वकिलको कार्यलयबाट मुद्दा दर्ता भएको छ,’ सह–ईञ्चार्ज साहले भने, ‘खास व्यक्तिलाई जोगाउन पीडितलाई न्याय मरोस भन्ने देखाउन यो नाटक डिजाइन गरिएको हो ।’ मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी बताए । ‘आवश्यक परेकाबेला वहाँहरुलाई सोधपुछकालागि बोलाउनेछौँ,’ उनले भने ।

यसअघि मृतक मुकेशको परिवारले दर्ता गराएको मुद्दाका १२ जना अभियुक्तमध्ये  हालसम्म तीनजना मात्र पक्राउ परेका छन् । बाँकी अभियुक्तको खोजी कार्य जारी रहेको डिएसपी कुँवरले बताए । तर मुकेश हत्याका घटानालाई नेकपाले राजनीतिकरण गरेकाले अभियुक्त पक्राउ नपरेको बताइन्छ ।

प्रदर्शनका बाबजुद जिल्ला प्रहरी कार्यालय पर्साले मुकेश हत्या प्रकरणमा मुद्दा दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय मार्फत मुकेशका परिवारले नेकपा नेता तथा पूर्वसभासद राजकुमार गुप्ता सहित १२ जनामाथि मुद्दा दर्ता गराएका थिए ।

पर्साको बिन्दबासिनी गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा गएको कार्तिक ६ गते ओली पक्षका नेताहरुले कार्यक्रम विथोल्न खोजेपछि झडप भएको थियो । झडपको क्रममा घाइते भएका मुकेशको उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।

नेकपा नेता गुप्ता नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलिनिकट नेता मानिन्छन् । आक्रमण गर्ने दुई जना घटनालगत्तै उनको घरबाट पक्राउ परेका थिए । त्यसैले उनीमाथि मुख्य योजनाकारको आरोप लागेको छ । तर उनी लगायत ओली पक्षका नेताले राजनैतिक प्रतिशोधको आडमा फसाइएको दावी गर्दै आएको छ । तर नेकपा जिल्ला ईञ्चार्ज साहले दोषीलाई उन्मुक्ति दिन मुकेश हत्याको मुद्दा दर्ता र सहिद घोषणा गर्न आन्दोलनमा उत्रिएका नेताहरुमाथि मुद्दा दर्ता गरिएको बताए ।

सम्बन्धित समाचार

मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो । प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति...

झापामा कोरोनाविरुद्धको खोपमा चरम लापरबाही

झापा, ८ भदौ ।बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको...

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता

विराटनगर । विराटनगर– ७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कक्षा – १२ मा अध्ययरत विद्यार्थीहरू हाजिरी जवाफ प्रतियोगिता सोमबार आयोजना गरेको हो । क्वीजमा कक्षा १२ का नौ वटा टीमको...

किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा पत्रकार प्रेम देवान सर्वसम्मत निर्वाचित

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले सक्रिय पत्रकार प्रेम देवानलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा देवानले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् । उनी यसअघि संस्थाको सचिवको...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

देउवालाई सहयोग गर्ने माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेले नेता माधवकुमारसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने ११ सांसदलाई स्पष्टीकरण...

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...

कमजोर बन्दै मनसुन

काठमाडौं, ७ साउन-मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्