किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा पत्रकार प्रेम देवान सर्वसम्मत निर्वाचित

 न्यूज विराट
किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा पत्रकार प्रेम देवान सर्वसम्मत निर्वाचित

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले सक्रिय पत्रकार प्रेम देवानलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा देवानले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् । उनी यसअघि संस्थाको सचिवको भूमिका निर्वाह गर्दै आएका थिए ।
नवगठित कार्यसमितिमा बाल कुमारी याख्खा उपाध्यक्ष, सतिस देवान सचिव, हुविन्द्रराज सहसचिव तथा लिना जिमी कोषाध्यक्षमा चयन भएका छन् । साथै, विक्रम देवान, पुष्प कला देवान, इनद्रमाया राई, शान्ता याख्खा, लक्ष्मी पराजुली याख्खा, चन्द्र, निशा देवान र युनिशा जिमी सदस्य पदमा चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएका देवानले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि आफू पूर्ण रूपमा समर्पित हुने प्रतिवद्धता जनाए । उनले किरात याक्खा समुदायको हकहितका पक्षमा काम गर्दै समुदायको एकता र पहिचान सुदृढ पार्न सक्रिय भूमिका खेल्ने बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता : सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१...

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा

विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज...

मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना

विराटनगर, २३ साउन–प्रदेश १ मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा शनिबार कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

यूवतीमार्फत यसरी पुग्यो कैदी भएको ठाउँमा प्रहरी

विराटनगर । फरार भएको एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद...

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...

विराटनगरमा सोरुम फुटाएर मध्यरातमा कार चोरी, यसरी परे प्रहरी फन्दामा

विराटनगर । विराटनगर ३ पिपल चोकमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

‘प्रहरीले बलात्कारको घटनाको उजुरी स्वविवेकले दर्ता गर्नुपर्छ’

विराटनगर, ८ पुस-बलात्कारको घटनाका सम्वन्धमा प्रहरीले स्वविवेकले उजुरी दर्ता गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश नं १ द्वारा आज अपरान्ह विराटनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्