जडिबुटी सम्बृद्धिको आधारः मन्त्री घिमिरे

 न्यूज विराट
जडिबुटी सम्बृद्धिको आधारः मन्त्री घिमिरे

विराटनगर, २६ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उनले बताउनुभयो ।

हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा बुधबार सम्पन्न प्रदेश स्तरिय बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा उहाँले सो कुरा बताएका हुन् ।

आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्न सक्ने धेरै आधारहरु रहेको उनले बताए । आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री घिमिरेको भनाई थियो । भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको उनले बताए ।

उनले कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको बताए । आयुर्वेद मौलिक पद्धति भएकाले यसको विकास र विस्तार आवस्यक रहेकोमा उनको जोड छ । आयुर्वेद पद्धती पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवस्यक रहेको मन्त्री घिमिरेले बताए ।

उनले प्रत्येक प्रदेशमा १÷१ वटा वैद्य खाना आवस्यक रहेको बताए । मन्त्री घिमिरेले भने,‘नजी क्षेत्रले पनि वैद्य खाना तर्फ ध्यान दिन आवस्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने उनको भनाई छ । जडिवुडी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धी कायम गर्नु पर्नेमा उनको जोड छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरुले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्वन्धमा सूचना प्रवाह गर्न आग्रह गरिन् ।

सम्बन्धित समाचार

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

विविद्य कार्यक्रम गरी विराटनगरमा जेसीज सप्ताह मनाइदै

अंकित पोखरेल विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो...

२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्...

म्यानमार : विरोध प्रदर्शनको सबैभन्दा घातक दिन, सेनाले चलाएको गोली लागेर १८ जनाको मृत्यु

एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक 'कु'को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक 'कु'को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ ।...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

रुपन्देही, १ असार-प्रदेश ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि चालूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्