कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २ हजार ३ सय ६२ जना संक्रमित छन् । तीमध्ये निको भएर १ हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले बताए ।
उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५ सय ५८ कोभिड-१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।
पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय ७८, विर्तामोडमा ३ सय ८७, कनकाईमा १ सय ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए ।