राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

 न्यूज विराट
राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।

गौतमको निजी सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई शीतल निवासमा बोलाएर पार्टी एकता जोगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छन् । राष्ट्रपतिले गौतमलाई विगतमा खेलेकै जस्तै भूमिका फेरि खेल्ने समय आएको बताइन् ।

राष्ट्रपतिको आग्रहलाई उपाध्यक्ष गौतमले सकारात्मक जवाफ दिएका थिए । गत वैशाखमा भएको नेकपा विवाद गौतमले नै‌ समन्वय गरे मिलेको थियो । पार्टी एकता जोगाउन पुनः त्यस्तै भूमिका खेल्न गौतमलाई राष्ट्रपति भण्डारीले आग्रह गरेकी हुन् ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढिरहेका बेला राष्ट्रपतिले गौतमलाई भेट्नुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

सम्बन्धित समाचार

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

विराटनगरमा करिब साढे तीन लाख मुल्य बराबरको पटाका नष्ट गरियो

विराटनगर, १६ कात्तिक । विराटनगरमा करीब साढे तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट ल्याइएको तीन लाख ३४ हजार ८ सय रुपैयाँ मुल्य बराबरको पटाका नियन्त्रणमा लिएर नष्ट...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ-कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । ट्विटमा अभिजितले लेखेका छन्,...

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना पक्राउ

विराटनगर । भारत तस्करी हुन लागेको ३६ केजी गाँजा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार मध्यरात भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् । दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर...

कोरोनाको खोप बन्ने आशा निराशामा बदलियो

एजेन्सी, बैशाख १२ -कोरोना भाइरसको संक्रमणमा एक प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि ¥यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो । यसलाई लिएर संसारभरमा निकै आशा गरिएको थियो । यसको नाम रेमडेसिभियर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्