हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

 न्यूज विराट
हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण संकलन हुँदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले सोमबार जानकारी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार १७५ जनाको मृत्यु भएको हो भने अरू २६ जना घाइते भएका छन् । झडप झण्डै रातभरी भएको पनि बताइएको छ ।

कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाबाट धेरै प्रभावित हुँदै गएको छ । यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकूबीचमा झडप हुने गरेको छ ।

सम्बन्धित समाचार

कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने

काठमाडौं, १ असार-कोरोना भाइरस पोजिटिभ देखिएका सबैलाई अस्पतालमा नराखिने भएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना रेस्पोन्स प्लान अनुसार अब पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राख्न लागिएको हो । यद्यपि उनीहरूको निगरानी भने गरिने छ...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

इलामको विकासको जिम्मा अब सुहाङले लिन्छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...

कोशी अस्पतालमा एड्स हेल्थ केयरको सेवा विस्तार, संक्रमितको उपचारमा सहज हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रमको सेवा विस्तार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर...

छबुँदे माग पूरा गर्न नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम...

यी हुन नेकपा (एमाले) मोरङको ९ औँ अधिवेशनबाट सर्वसम्म निर्वाचित पदाधिकारी तथा सदस्य

विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...

मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...

न्युट्रास्युटिकल औषधि होइन, विक्री बिक्री वितरण नगर्न एनपीएको आव्हान

विराटनगर । नेपाल फर्मास्यूटिकल एसोसिएसनले न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउँदै उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन आह्वान गरेको छ । नेपाल फर्मास्यूटिकल एसोसिएसनले एक प्रेस विज्ञाप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो । ‘बजारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्