विराटनगर । नेपाल फर्मास्यूटिकल एसोसिएसनले न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउँदै उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन आह्वान गरेको छ । नेपाल फर्मास्यूटिकल एसोसिएसनले एक प्रेस विज्ञाप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो ।
‘बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्री वितरण हुन थालेको छ । सो किसिमको उत्पादन पोषण न्युट्रीशन र फर्मास्युटिकल बाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको छ । स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न वैज्ञानिक प्रमाणमा आधारित अभ्यास हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको हाम्रो एसोसिएसन सबैलाई सुचित गराउन चाहन्छौं,’ एनपीएले जारी विज्ञाप्तीमा उल्लेखछ ।
औषधि व्यवस्था विभागमा औषधिको रुपमा दर्ता रहेको आईरन, मल्टीभिटामिन आदि भन्दा न्युट्रास्युटिकलको रूपमा आउंदा कयौं गुना बढी मूल्य भएर बजारमा बिक्रि वितरण भइरहेको छ । औषधिहरुले भ्रमात्मक प्रचार गर्न नपाईने र विज्ञापन गर्न स्वीकृति लिन प्रावधान हुँदा न्युट्रास्युटिकलहरुको मनगढन्ते विज्ञापन गर्दै, हुँदै नभएको स्वास्थ्य लाभ र फाईदाहरु पेश गरी जनता ठग्ने र स्वास्थ्यमा जोखिम हुन सक्ने देखिन्छ । औषधि जस्तो न्युट्रास्युटिकलहरु वृद्ध, दिर्घ रोगि, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी गर्ने केहि पनि तथ्यांक उपलब्ध नभएको एनपीएले जनाएको छ ।
‘विश्व बैंकको सन् २०२१ को आकडा अनुसार नेपालमा अझै पनि ५१.२६ प्रतिशत रकम व्यक्तिले आफ्नो गोजीबाट खर्च गरी औषधि तथा स्वास्थ्य सेवा पाउनुपर्ने बाध्यता रहेको अवस्थामा यस्ता बस्तुहरुको प्रयोगले बिरामीलाई थप आर्थिक भार पर्ने निश्चित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पटकपटकको निर्देशन तथा औषधिको नियामक निकाय औषधि व्यवस्था विभागले समय समयमा सुचना प्रकाशित गरेर बिरामीको उपचारमा त्यस्ता बस्तु प्रयोग नगर्न, बिरामीलाई भ्रममा पारेर बिक्रीवितरण नगर्न सार्बजनिक सुचना जारी गर्दै आईरहेको तथा निरिक्षण गर्दा बर्खिलाप पाईएमा कारबाही समेत गरिरहेको छ,’ एनपीएका अध्यक्ष ललित मोहन पन्त र महासचिब संजिव शर्मा कट्टेलले हस्ताक्षर गरिएको विज्ञाप्तीमा भनिएको छ, ‘अतः न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउँदै नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन समेत जोडदार आह्वान गर्दछौं ।’
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...
संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
मुग्लिन, २८ असोज-मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको...
काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति...
विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।...
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् ।आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको...
नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...